“एकल यात्री” ©अधुरो मन्जिल

(१)

एकादेशमा,
एउटा यात्री थियोे ।
एकल यात्री ।
सहयात्रीको खोजीमा,
पानी बिना माछा जस्तै ।
रानी बिना राजा जस्तै ।
तड्पिरहेको थियो ।
भड्किरहेको थियो ।
कैले उकाली कैले ओराली ।
कैले भञ्ज्याङ् अनि चौतारी ।
दौडिरहेको थियो,
जिबनको खेलमा ।
अनायास उसका पाइलाहरु रोकिए ।
कुनै एउटा मोडमा,
लाखौं अनि करोडमा ।
मन मिल्ने साथी पायो ।
सबैभन्दा जाती पायो ।
नाउँ थियो,मन्दोदरी
रावणकि होइन, रामकी ।
मायालुको त्यो गाउँ थियो ।
रमाइलो त्यो ठाउँ थियो ।
आज भन्दै, भोलि भन्दै ।
बर्खा जान्छ, हिउँद आउँछ ।
समयले, चर्खा घुमाउँछ ।
एक्कासी त्यहाँ हुरी चल्छ ।
प्रेमबस्ती दन्दनी बल्छ ।
हो ऊनै, मन्दोदरी ।
रामकी होईन,अब रावणकी
शँका चलाएछ ।
लँका जलाएछ ।
रामको साम्राज्य,
छिनमै ढलाएछ ।

(२)
हो, त्यही राम
जोगीकोभेषमा ।
आज फेरी यात्री भयोे ।
एकल यात्री।
सहयात्रीको खोजीमा ।
फूलबिना काँडा जस्तै ।
जूनबिना रात जस्तै ।
तड्पिरहेको छ ।
भड्किरहेको छ ।
कैले ठमेल कैले चाबेल ।
कैले धुलिखेल अनि टुँडिखेल ।
दौडिरहेको छ ।
नियतिको खेलमा ।
अब उसका पाइलाहरु रोकिदैनन ।
घुमाउरो त्यो मोडमा ।
गोरेटो अनि रोडमा ।
हो, ऊ एउटा यात्री हो ।
एकल यात्री ।
सहयात्रीको खोजिमा ।

क्रमश……©अधुरो मन्जिल