“जिन्दगी बगेको खोला जस्तो छ” अधुरो मन्जिल पाँचखाल-६, काभ्रे”

“गजल”
जिन्दगी बगेको खोला जस्तो छ।
यसैगरी सधैँ रोला जस्तो छ।।

फुलले भन्छ नछुनु काँडामा।
माया बेलुनको लोला जस्तो छ।।

नबुझ्नेलाई बुझाऊँ कसरी ?
सोह्र दुने आठ होला जस्तो छ ।।

मुटुभित्र खिल नै खिल छ्न ।
अरिङ्गालको गोला जस्तो छ ।।

त्यसैले त यो मन आजभोली ।
धतुरो खाएको भोला जस्तो छ ।।

आशैआशमा फिरन्ते जिन्दगी ।
जोगीले बोकेको झोला जस्तो छ ।।

©अधुरो मन्जिल पाँचखाल-६, काभ्रे ।
(९८४१००४५०२)