” भ्यालेन्टाइन होइन उ, डायन लाग्छे ” ( अधुरो मन्जिल )

” भ्यालेन्टाइन होइन उ, डायन लाग्छे “

बल्झिएका छन, मनमा अनेकौं घाउहरु !
घाउहरु,बितृस्णाका घेराहरुमा ठोक्किरन्छ्न !!
प्रश्नहरु रुमल्लिन्छ्न !
अनि खुल्छ एउटा कोचिङ्ग सेन्टर !!
अबिस्बासको !
मेरी मायालु होइन उ, शंकालु लाग्छे !!
भ्यालेन्टाइन होइन उ, डायन लाग्छे !
अल्झिएका छ्न, द्रब्यमा उसका पाउहरु !
द्रब्यहरु,मृगतृस्णाका बोराहरुमा निशासिन्छन !!
बासनाहरु जन्मिन्छ्न !
अनि खुल्छ एउटा नाटक घर !!
पर्दाफासको !
प्यारी बसन्ती होइन उ, नर्तकी लाग्छे !!
भ्यालेन्टाइन होइन उ, डायन लाग्छे !
देखिएका छ्न, प्रेममा असंख्य दाउहरु !
प्रेमहरु,सयौं घृणाका नाराहरुमा हराउँछन !!
जमानाहरु बद्लिन्छ्न !
अनि खुल्छ एउटा हाट बजार !!
सर्बनाशको !
मनकारी होइन उ व्यापारी लाग्छे !!
भ्यालेन्टाइन होइन उ, डायन लाग्छे !

©अधुरो मन्जिल २०७३
(9841004502)