रहर गरेउ गजल सुन्न पाउँन् गार्हो हुन्छ ! ” गणेश चौलागाईं “

गजल

रहर गरेउ गजल सुन्न पाउँन् गार्हो हुन्छ !
स्वार्थी दुनीयामा चोखो माया लाउँन् गार्हो हुन्छ !!

यता जाउँ उता जाउँ अलमल्ल छु म त !
देउराली मा भेट्नलाई धाउँन गार्हो हुन्छ !!

ठाढा भईयो धेरै टाढा समीप बस्न चाहे पनी !
अस्ताएको खुसी फेरी उदाउन गार्हो हुन्छ !!

लेख्नै लाई त के भयो र गजल लेख्न जान्ने लाई !
सुमधुर स्वरमा तेही गाउन गार्हो हुन्छ !!

एक्- दुइ ओटा गजल लेखी सुनाउदै मा मन बुझ्दैन !
सबैको मन छोएर छाउंन गार्हो हुन्छ !!