युद्ध जित्नेलाइ, सलाम छ “अधुरो मन्जिल”

युद्ध जित्नेलाइ, सलाम छ ।
बुद्ध बुझ्नेलाइ, कलम छ ।

आइ लाग्नेलाई जाइ लाग्छ ।
गोर्खालीको छोरो फलाम छ ।

बगाउ युवा, तातो रगत ।
देशप्रेमिलाइ, मलम छ ।

मनपरी भो, देशको नीति ।
राजनीतितन्त्र, हलम छ ।

तराई पहाड, फाटो आयो ।
छिमेकमा साथी, हराम छ ।

रगत एउटै, रातो हो नि ।
जात धर्म किन, गरम छ ।

सुन्दर शान्त, विशाल थियो ।
नक्सामा हेर, कति शरम छ ।

आउ बुद्ध, फेरि फर्की आउ ।
शान्तिको दिप, अलि नरम छ ।

© अधुरो मन्जिल (९८४१००४५०२)
२०७३