” फूल भन्दा जून राम्रो जून भन्दा पनि तिमी “( अधुरो मन्जिल )

फूल भन्दा जून राम्रो जून भन्दा पनि तिमी !
सन्सारमै नदेखेको अमुल्य चिज हौ तिमी !!

पुर्णिमाको जून पनि तिमि देख्दा ओत लाग्छ !
जति हेरु तिमिलाइ अचम्मको भोक लाग्छ !!
तेत्तीस कोटि देवताको संरचना हौ तिमी !
चोखो मनले पूजा गर्ने आरधना हौ तिमी !!

फूल भन्दा जून राम्रो जून भन्दा पनि तिमी !
सन्सारमै नदेखेको अमुल्य चिज हौ तिमी !!

तिमी भन्दा पर छैन म जिउने आधार भन्नू !
यहि जूनि होइन अरु सयौं जूनि मेरो बन्नु !!
गङ्गाझै पबित्र त्योमायाको सागर हौ तिमी !
मेरो पहिलो अनि अन्तिम प्यार हौ तिमि !!

फूल भन्दा जून राम्रो जून भन्दा पनि तिमी !
सन्सारमै नदेखेको अमुल्य चिज हौ तिमी !!

©अधुरो मन्जिल (९८४१००४५०२)