बटुकीलाई मोही हजुर पटुकीलाई मकै
तिमी बिनाको योसन्सारमा हुन्छु मत एक्लै
झ्यालमा राखौला मायालाई झ्यालमा राखौला
गुन्द्रुक मकै जे छ घरमा सङ्गसङ्गै चाखौला।
मिठाे भन्छन मुल्कोपानी त्यस्तैछ तिम्रो जवानी
कैले होला बन्ने हाम्रो मिठो प्रेमको कहानी
काखमा राखौला मायालाइ काखमा राखौला
जुनि जुनि माया लाउन देबिदेउता भाकौला।
देख्छु सधै सपनीमा तिमी र म ककनीमा
तिम्रो हाम्रो भेट हुने कैले होला बिपनीमा
दिलमा राखौला मायालाइ दिलमा राखौला
तिम्रो मेरो सम्बन्धको डाेरी सङ्गसङ्गै बाधौला।
©अधुरो मन्जिल(९८४१००४५०२)
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com