” तिम्रै माया यो मुटुमा साँचेर हो मन रोएको “

तिम्रै माया यो मुटुमा साँचेर हो मन रोएको !
तिम्लाई सम्झी म मरेर बाँचेर हो मन रोएको !!

छुटेको साथ टुटेको दिल भताभुङ्ग जिन्दगीको !
अनायासै सोझो यो मन भाँचेर हो मन रोएको !!

नाटक जस्तै जिन्दगीको देखावटी हाँसो  !
भित्री मन रुवाउदै नाचेर हो मन रोएको !!

राम जस्तो सत्यवादी बन्न खोज्दा यो कलिमा !
सिता लाई झै पापिनी ले जाँचेर हो मन रोएको !!
गणेश चौलागाई