उमा श्रेष्ठको तीज गीत “बारुले कम्मरको ठुम्का” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय गायिका उमा श्रेष्ठले हरेक वर्ष जस्तै आफ्नो प्रस्तुतिमा तीज गीत लिएर आएकी छिन् । सिन्धुपाल्चोकमा जन्मिएकी उनले तीज गीत मात्र होइन अन्य गीतहरु पनि बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् ।

गायिका उमा विभिन्न संघ संस्थामा पनि आवद्ध भएर नेपाली गीत संगीतको पक्षमा पनि आफ्नो आवाज बुलन्द गरिरहन्छिन् । उनको यस वर्ष बजारमा आएको तीज गीत “बारुले कम्मरको ठुम्का” बोलको रहेको छ ।

उमा श्रेष्ठको सुमधुर स्वरले सजिएको गीतमा लय नारायण दंगालको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । यस गीतको म्युजिक भिडियोमा जुना कार्की र बिमला थामीको अभिनय देख्न सकिन्छ ।

सन्जिब ठकुरीद्वारा निर्देशित भिडियोलाई छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् । गीतलाई उमा श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।