थुतुनोले ल्यायो मरुभुमिको “किचिक किचिक” (भिडियो सहित)

काठमाण्डौ । मानिसमा अन्यक किसिमका कला हुने गर्दछ जुन कलामध्य छायांकनको माध्यमबाट अशंख्य गीत संगीत शृङ्गारेका लोकप्रिय छायाँकार मरुभूमि नारायले भर्खरै मात्र “किचिक किचिक” बोलको एक रोमान्चक गीत सार्वजनिक गरेका छन् ।

मरुभूमि छायाँकार मात्र होइनन्, उनले धेरै टेलीसिरिएलहरु पनि आफ्नो कलाको माध्यमबाट सजाएका छन् । उनि एक सफल संचारकर्मी समेत हुन् । बिगतमा मरुभुमिले रेडियो मिर्मिरे ८९.४ मेगाहर्जमा हाँस्यव्यंग्य प्रस्तुति समेत प्रस्तुत गर्दथे ।

उनै बहुप्रतिभासाली कलाकारको प्रस्तुतिमा रहेको “किचिक किचिक” बोलको गीतमा दिपिका बयम्बु मगर र रेशम परियारको सुमधुर स्वर सुन्न सकिन्छ । लक्ष्छु प्रकाश मल्लको संगीत संयोजन र मरुभूमि नारायणको लय तथा शब्द सिर्जनाले सजिएको यस गीतलाई निकै रोमान्चक सैलिमा तयार गरिएको छ ।

यस गीतको म्युजिक भिडियोबाट पनि गीतको भाव प्रष्ट्याउने कोसिस गरिएको छ । भिडियोमा उमेश कार्की यु के, नविना सिलवाल खुइली, तिलक रोका मगर अनि महेश घोरासैनीको आकर्षक अभिनय देख्न सकिन्छ । उमेश कार्की युके को निर्देशनमा तयार भएको भिडियोलाई मरुभूमि नारायणले नै छायांकन गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । गीत थुतुनो युट्युब च्यानल मार्फत सार्वजनिक छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।