आशा बीसीको स्वरमा “ब्रिन्दावन” सार्वजनिक, मन छुने कथा र अभिनयले दर्शक भावुक (भिडियो सहित)

काठमाडौँ । नेपाली लोक  संगीतको क्षेत्रमा पुनः एकपटक सशक्त उपस्थिती जनाउँदै लोकप्रिय सुमधुर स्वरका धनी  गायिका आशा बीसीले आफ्नो मिठासपूर्ण स्वरमा सजिएको नयाँ गीत “ब्रिन्दावन” सार्वजनिक गरेकी छन्। मार्मिक शब्द, मन छुने धुन, सशक्त भिडियो अनि जीवन्त अभिनयको संगम रहेको यस गीतले श्रोतादर्शकको मन जित्न थालिसकेको छ।

 

गीतमा शब्द तथा संगीत सर्जक रमेश परियारको रहेको छ भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्। गीतको लयलाई अझ मीठो बनाउँदै वाद्यवादनमा पोषण घर्ती, भुवन गन्धर्व, हेमन्त कञ्चा रसाइली, बलबहादुर जैरू,सञ्जीव बराइलीले आफ्नो कुशलता प्रस्तुत गरेका छन्। मिक्सिङ र मास्टरिङको काम बिनोद परियारले गरेका हुन्।

 

भिडियोतर्फ निर्देशक सुनील बीकेको निर्देशनमा निर्माण भएको यो गीतको छायांकन अजय रेग्मीले गरेका हुन्। सम्पादन डिन्सन शाहको रहेको छ भने कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन्। भिडियोमा मुख्य अभिनयमा शिल्पा पोखरेल, विक्रम बुढाथोकीशुपाला सापकोटा रहेका छन्, जसको भावनात्मक अभिनयले गीतको कथालाई अझ प्रभावशाली बनाएको छ।

 

गीतको कथा प्रेम र पवित्रताको गहिरो अनुभूति हो। यसले एउटा महिलाको समर्पण, माया र सामाजिक दृष्टिकोणलाई उजागर गर्छ। गीतमार्फत देखाइएको पात्रको पीडा र संघर्षले दर्शकको मनभित्र पीडाको चिसो बगाउँछ भने, अभिनयले त्यो भावनालाई जीवन्त बनाउँछ।

 

भिडियोले देखाउन खोजेको सन्देश प्रेमलाई केवल भौतिक नभई आध्यात्मिक रूपमा बुझ्न सक्नुपर्छ भन्ने हो। सामाजिक सन्दर्भमा एउटा नारीको आत्मसम्मान, भावनात्मक समर्पण, र जीवनका अनकन्टार मोडहरूको चित्रण गरिएको छ, जुन आम नेपालीको जीवनसँग प्रत्यक्ष जोडिएको अनुभूति हुन्छ।

 

संगीतको मिठास, शब्दको गहिराइ र भिडियोको सशक्त भावात्मक प्रभावले “ब्रिन्दावन” गीतलाई केवल एक मनोरञ्जन मात्र होइन, जीवनको स्पर्श गर्ने गीत बनाएको छ। गायिका आशा बीसीको सुगम स्वरले गीतलाई आत्मीयता दिएको छ भने कलाकारहरूको समर्पित अभिनयले दृश्यलाई अविस्मरणीय बनाएको छ।

 

सादिक्षा फिल्म्स प्रा.लि.गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो गीतले नेपाली संगीत क्षेत्रलाई अझ समृद्ध बनाएको छ। श्रोतादर्शकले गीत हेरेपछि अवश्य भन्न पुग्नेछन् — “साच्चै, ब्रिन्दावनमा माया फुल्छ र आँसु पोखिन्छ।”

 

भिडियो हेर्न तल क्लिक गर्नुहोस्