काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘लाखौं चोट’ सार्वजनिक भएको छ। गायक तथा संगीतकार शिवराज गौतम र गायिका सरीका घिमिरेको स्वरमा रहेको यस गीतमा प्रेममा आउने भावनात्मक उतारचढाव, विछोड र मौनताभित्र लुकेका अनुभूतिहरूको चित्रण गरिएको छ।
गीतको शब्द लेखन ममिला पौडेल आस्थाले गरेकी हुन्। संगीत तथा निर्देशन शिवराज गौतमले सम्हालेका छन्। संगीत संयोजन र मिक्सिङ रुबिन मगरले Minitunes Studio, बबरमहलमा गरेका हुन्। गीतमा बाँसुरी, गिटार, रिदम र सैक्सोफोन प्रयोग गरिएको छ, जसमा वाद्यवादन रत्न बीके, सञ्जीव लिम्बु, अनिल मगर र शिवराज गौतमको सहभागिता रहेको छ।
भिडियो निर्माण
गीतको भिडियोमा रोजेन सुन्दास, डेफ्नी र सुजन सुरखेतीको अभिनय देख्न सकिन्छ। भिडियो गौतमकै निर्देशनमा तयार गरिएको हो। छायांकन स्थल हरिसिद्धिको Crown Sekuwa र टिंकेनेस्थित Himalayan White House College रहेको छ।
मेकअप तथा पोशाक रिता रानापाइली, कथा लेखन सुमन मोक्तान, हवाइ दृश्य छायांकन टार्जन लिम्बु, र प्राविधिक सहयोग अर्बिन खत्री तथा मधु खाती टिमबाट प्राप्त भएको छ।
विषयवस्तु
‘लाखौं चोट’ गीतमा व्यक्त प्रेम केवल मिठासमा सीमित नरही कहिले काँही मौनता, छुट्टिने पीडा र अधुरो सम्बन्धमा देखिने गहिरो भावनात्मक पक्षको चित्रण गरिएको छ। गीतले प्रेम विछेदपछिको भावनात्मक अवस्था, स्मृतिको प्रभाव र मौन स्वीकारोक्तिलाई उजागर गर्न खोजेको देखिन्छ।
भिडियो हेर्न यहाँ कक्लि गर्नुहोस्