काठमाण्डौ । तारकेश्वर-५, अर्यालटारस्थित सेन्ट जेभियर्स विद्या मन्दिर विद्यालयले आफ्नो आठौं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूले मन्तव्य, सामूहिक नृत्य, गीत, नाटक जस्ता प्रस्तुति दिएका थिए । चर्चित हास्यकलाकार राजा राजेन्द्रले आफ्नो प्रस्तुति मार्फत दर्शकहरूको मन जित्न सफल भए ।
विद्यालयले खेलकुद सप्ताह तथा विभिन्न प्रतियोगिताहरूको विजयी विद्यार्थीहरूलाई सिल्ड, मेडल, र प्रमाणपत्र द्वारा सम्मानित गर्यो। विद्यालयका संस्थापक प्रधानाध्यापक अविनाश उप्रेती ले विद्यालयले भौतिक, शैक्षिक गुणस्तर, र अतिरिक्त क्रियाकलापमा सुधार गर्दै आएको बताउँदै, विद्यार्थीहरू उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको उल्लेख गरे । करिब १,८०० अभिभावक, विद्यार्थी र स्थानीयवासी सहभागी रहेको यस कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com