बद्रि प्रसाद सिटौलाको “भोलि तिमीलाई रुन नपरोस्” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । विभिन्न उत्सव तथा महोत्सवहरुमा निकै व्यस्त हुने गरेका गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “भोलि तिमीलाई रुन नपरोस्” ल्याएका छन् । प्रत्यक्ष दोहोरीमा अब्बल उनले यस भन्दा पहिले पनि दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

सुरुका दिनमा रोमान्चक धारका गीतहरुबाट आफ्नो सांगीतिक यात्रा तयगरेका बद्रीले पछिल्लो समय वियोगान्त गीतहरु नै बढी ल्याउने गरेका छन् । उनको “भोलि तिमीलाई रुन नपरोस्” बोलको गीतमा बद्रि प्रसाद सिटौला र पार्वती कार्कीको समधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुफिक्स मदनले तयार भरेका हुन् भने यस गीतमा शब्द सरला तिमल्सिनाको रहेको छ ।

गीत जति मिठासपूर्ण छ, उत्तिकै म्युजिक भिडियोलाई पनि आकर्षक बनाउने प्रयास गरिएको छ । भिडियोमा बद्रि प्रसाद सिटौला, पार्वती कार्की, दिपक बस्नेत, मुस्कान घिमिरे र अर्जुन थापाको अभिनय देख्न सकिन्छ । गायक स्वयम् बद्रिद्वारा नै निर्देशित भिडियोलाई साजन पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् । गीतलाई बद्रि लोकमाला युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।