दुवईबाट ल्याए कलाकार गोकुलले सर्वोत्कृष्ट काँठे लोक दोहोरी शब्द तर्फको अवार्ड

काठमाण्डौ । बितेका निकै समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल मोडल, गायक तथा सर्जक गोकुल प्रसाद ढकाले हालै दुवईमा सम्पन्न छैठौं ज्योति फिल्मस म्यूजिक अवार्डको बिशेष कार्यक्रमबाट वर्षकै सर्वोत्कृष्ट काँठे लोक दोहोरी शब्द तर्फ अवार्ड हात पार्न सफल भएका छन् ।

उक्त कार्यक्रम रोयल मुभिज प्रालि र राष्ट्रिय संगीतकर्मी संघ युएईको संयुक्त आयोजनामा बर दुबईस्थित रक नमस्ते रेस्ट्रोमा सम्पन्न भएको हो । राष्ट्रिय संगीतकर्मी संघ युएईका अध्यक्ष प्रकाश पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्यटन प्रवद्र्धक नेपाल सरकारका मनोज नेपाल रहेका थिए । साथै, रोयल मुभिज प्रालिका अध्यक्ष तथा कार्यक्रम संयोजक निरेन श्रेष्ठ सहित विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा नेपाली संगीत तथा कलासँग सम्बन्धित श्रष्टा तथा कलाकारहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

अवार्ड प्राप्त गरेपच्चात कलाकार गोकुलले आफुलाई यो स्थान सम्म पुर्याउनुहुने सम्पूर्ण आफ्ना श्रोता तथा दर्शकहरुलाई धन्यवाद दिएका छन् । उनले यसभन्दा पहिले पनि आफ्नो कर्मका कारण थुप्रै यी-यस्ता सम्मान तथा अवार्ड प्राप्त गरिसकेका छन् । नेपाली लोक तथा दोहोरी गीत संगीतबाट थोरै व्यावसायिकता लाई पनि ध्यान दिंदै आफ्नै कला संस्कृति र मौलिकतालाई जगेर्ना गर्ने सोचका साथमा अगाडी बढेका मोडल, गायक तथा सर्जक गोकुल प्रसाद ढकालले अहिले सम्म दर्जनौं गीतहरु सार्वजनिक गरिसकेका छन् ।

कार्यक्रममा सर्वोत्कृष्ट अवार्ड पाउन सफल कलाकर्मी, श्रष्टाहरुमा लोकदोहोरी गायीका सोनी कुवर, काठेगीत गायक दिनेश श्रेष्ठ, लोकदोहोरी भिडियो छायाँकार चक्र बहादुर बराल, लोकगीत शब्द सोनी भण्डारी,बाल कलाकार श्रीरीयसी गुरुङ, मौलीक कौडागीत गायीका सारीता थापा मगर, काँठेगीत शब्द गोकुल ढकाल, काँठेगीत गायिका ‘जुरी’रीता लामा, आधुनिक मोडेल ‘जुरी’ सुजता पाण्डे, लोकदोहोरी मोडल अफ दि यर करिश्मा ढकाल, म्युजिकल फिल्म यस कुमार, इन्करेजमेन्ट अवार्ड सविता भुषाल रहेका छन् ।

त्यसै गरी सम्मान तर्फ गायिका सङ्गम लामिछाने, समाजसेवी मदन बि।क। र कमल ज्ञावली, शंखर क्षेत्री ‘जुरी’, सबिना काकी ‘जुरी’, हेमराज कटुवाल, अशोक कुमार सापकोटा, निरा तामाङ, टिका दाहाल, पुण्य लुईटेल पुजन, चित्र गुरुङ, समीर आचार्य, बिष्णु प्रसाद पौडेल, राम लामा, सुनिल श्रेष्ठ, पुर्णिमा घिसिङ लगायतका कलाकर्मी तथा समाजसेविहरुलाई सम्मान गरिएको कार्यक्रमको व्यवस्थापन कल्पना केसीले सम्हालेकी थिईन ।