काठमाण्डौ – भक्तपुरको सूर्य विनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउने उदेस्यका साथ् राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को आयोजनामा प्रथम सूर्य विनायक कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ आयोजना गरिने भएको छ । महोत्सवको बारेमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले सो कुरा जानकारी दिएको हो । उक्त महोत्सव मंसिर ७ गतेदेखि २२ गतेसम्म संचालन हुने जनाइएको छ । महोत्सव सूर्य विनायक नगरपालिका ३ बालकोट हनुमन्ते कोरिडोरसँंगैको ठाउँ भक्तपुरमा हुने भएको छ ।
महोत्सव राष्टिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालको मुख्य आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा हुन लागेको हो । राष्टिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालका अध्यक्ष नमराज ढुंगानाले सूर्य विनायक नगरपालिका क्षेत्रको पहिचानलाई अझ वढावा दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताएका छन् ।
करिव ५० हजार दर्शकले अवलोकन गर्ने आशा राखिएको महोत्सवमा भक्तपुरको कृषि, पर्यटन, कला, संस्कृति गौरवपूर्ण शान, सूर्य विनायकलाई पहिचान गराउने महान् अभियान भन्ने नाराका साथ् सम्पन्न गर्न लागिएको हो । मेलामा प्रवेश शुल्क निःशुल्क हुने जनाइएको छ । बिशेष १४,१५ र २१,२२ गते चार दिन मात्रै प्रवेश शुल्क लिने आयोजकले जनाएको छ ।
मेलाका लागि ३५ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवका लागि सूर्य विनायक नगरपालिका वडा नं १ देखि १० सम्मका वडालाई एक एक वटा स्टल निःशुल्क रुपमा उपलब्ध गराउने र ती स्टलहरूमा वडावासीहरूले आआफ्ना उत्पादनहरू राखेर बेच्न सकिने पनि जनाइएको छ । महोत्सवमा दैनिक राष्टिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति देख्न सकिने छ ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com