काठमाडौं । इण्डो-नेपाल अन्तराष्ट्रिय अवार्ड-२०२४ भारतको कोलकातामा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्रीजानकी माता कोलकाताको संयुक्त आयोजनामा उक्त अवार्ड सम्पन्न भएको हो । भारत तथा नेपालबाट छनोट भएका उत्कृष्ट व्यक्तित्वलाई अवार्ड तथा सम्मानअर्पण गरिएको थियो ।
सो कार्यक्रममा सिन्धुपाल्चोक स्थायी घर भएकी र हाल काठमाण्डौमा रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा संघर्ष गर्दै आएकी गायिका सरिता थापा मगरलाई पनि अवार्ड प्रदान गरिएको छ । उनले सर्वोत्कृष्ट गायिकाको विधाबाट अवार्ड प्राप्त गरेकी हुन् । सरिताले उक्त अवार्ड हात पारेपछि आफ्ना सम्पूर्ण श्रोता तथा दर्शकहरुलाई धन्यावाद दिएकी छिन् ।
कोलकाताका लागी नेपाली नायब महाबारिज्यदुत जनकराज भट्टको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ आभिनेत्री विपना थापा विशिष्ट अतिथिका रूपमा रहेकी थिइन् । कोलकाता का विभिन्न नेपाली संघ सस्थाका व्यक्तित्वको आतिथ्यता रहेको तीज महोत्सव तथा अवार्ड समारोहमा स्वस्थ्य, शिक्षा, सहित्य, चलचित्र, गीतसंगीत, नृत्य, र समाजसेवालगायतका विधाहरू समेटिएको थियो ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com