काठमाण्डौ । दशकौंदेखि नेपाली सास्त्रीय संगीतमा आफ्नो दखलता प्रस्तुत गर्दै आएक एस राज (पं सुदर्शन राजोपाध्याय) को सरोद वादन कार्यक्रम हुने भएको छ । उनले अहिलेसम्म सयौं सास्त्रीय संगीतका विभिद प्रस्तुतिहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । उनि चर्चित इसराज गुरु स्वर्गीय जलेशानन्दका छोरा हुन् । यसराजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै कार्यक्रममा प्रस्तुति दिएका छन् ।
उनै एस राज (पं सुदर्शन राजोपाध्याय) को सरोद वादन कार्यक्रम यहि आउँदो श्रावन २१ गते मण्डला थिएटरको सभा हलमा हुने भएको हो । आयोजकका अनुसार संगीतका साधकहरुको हौसला बढाउन नाटकमन्चमा यो कार्यक्रम गर्न लागिएको बताइएको छ । कार्यक्रममा संगीतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ छ ।
एक घण्टाको समय भित्र हुने कार्यक्रममा नृत्य संगै अन्तमा एस राज (पं सुदर्शन राजोपाध्याय) ले आफ्नो सरोद वादन प्रस्तुत गर्ने भएका छन् । “भक्ति शृंखला” नाम दिइएको कार्यक्रमलाई मुना अर्यालको आयोजनामा सम्पन्न गर्न लागिएको हो । सोहि कार्यक्रममा (पं राम भण्डारी) संस्कृति दुवाडीको पनि कला प्रस्तुत हुने बताइएको छ । उक्त कार्यक्रममा सरोद वादनको श्रवन गर्नका लागी रु १ हजार र ५ सयको टिकेट व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com