वर्षको सर्वोत्कृष्ट गायक बने सरोदवादक यसराज’

 काठमाण्डौ । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा काव्य म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रम माननीय पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय नाँचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड तेश्रो संस्करण थियो ।

काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथीले दिप प्रजोलन गरेर सुरु गरेका थिए ।थुप्रै विधा समाबेश गरिएको कार्यक्रममा १६ विधालाई गोलाप्रथा द्वारा अवार्ड प्रदान गरिएको हो । बाँकी जुरी र पब्लिक च्वाइस अवार्ड थिए ।

यसै अवार्डको बिशेष समारोहमा गायक, सरोदवादक, संगीतकार तथा रचनाकार यसराजले आधुनिक गजल तर्फ बर्षको सर्वोत्कृष्ट गायकको उपाधि हात पार्न सफल भएका छन् । उनि चर्चित इसराज गुरु स्वर्गीय जलेशानन्दका छोरा हुन् । बिगत तीन दशकदेखि यसराज नेपाली सास्त्रीय संगीतमा क्रियासिल हुँदै आएका छन् ।

गायक, सरोदवादक, संगीतकार तथा रचनाकार यसराजले बिगत तीन दशकदेखि नेपाली सास्त्रीय संगीतमा समर्पित रही नेपाली गीत संगीतको स्वादलाई विश्वसामु पुर्याउदै आएका छन् । यसराजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै कार्यक्रममा प्रस्तुति दिएका छन् । यति धेरै संगीतको ज्ञान बटुलेर पनि उनि अझै आफुलाई बिद्यार्थी हुँ भन्ने गर्छन् । यसराजको कलाप्रतिको समर्पणलाई ध्यानमा राख्दै उनलाई समय समयमा बिभिन्न आयोजकहरुले सम्मान समेत गर्ने गरेका छन् ।

उनि आफ्नो कलाको मुल्यांकन गर्दै आधुनिक गजल तर्फ बर्षको सर्वोत्कृष्ट गायकको अवार्ड हात पार्न पाउँदा काव्य म्युजिक सेन्टरप्रति मन खोलेर कृतज्ञता व्यक्त गर्दछन् । साथै गायक, सरोदवादक, संगीतकार तथा रचनाकार यसराजले आफुलाई यो स्थानमा पुर्याउन सहयोग उपलब्ध गराउनु हुने सम्पूर्ण नेपाली गीत संगीतका अनुरागीहरु प्रति पनि आभार प्रकट गर्दछन् ।