काठमाण्डौ । गरिब परिवारमा हुर्केकी चेली काम खोज्दै जाने क्रममा इँटा भट्टामा पुग्छिन् र त्यहाँ काम गर्दै जाँदा एक व्यक्ति संग माया बस्छ, माया संगै साथमा एक नासोको जन्म हुन्छ तर जन्म पश्चात् ज्सले नासो दियो उ साथमा हुँदैन । जब साथमा हुन्छ तब ति चेली सन्सारमा रहंदिनन् । यस्तै कथामा आधारित एक गीत (नासो) भर्खरै सार्वजनिक भएको छ ।
गीतमा गायिका सुनिता बि.क को वास्तविक केहि घटना पनि समाबेस गरिएको निर्माण पक्षले जनाएको छ । भारती पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा रामकुमार नेपाली र सुनिता बि.क को सुमधुर स्वर सुन्न सकिन्छ । लोकप्रिय गायक तथा सर्जक रामकुमार नेपालीको लय र संगीत संयोजनले तयार भएको गीतलाई शब्द भने गायिका सुनिता स्वयमले लेखेकी छिन् ।
निकै मर्मस्पर्सी गीतको भिडियोमा दिपेन्द्र सोनाम, शिखा बि.क, कल्पना बि.क र सगुन रसाइलीको जिबन्त अभिनय देख्न सकिन्छ ।भिडियोमा नायिका नरहे जस्तै वास्तविक जीवनमा उनको श्रीमान छैनन् यो दुनियाँमा । उनको साथमा छोरी नासो छोडेर श्रीमान् गएका छन्न ।
गीतको भिडियोलाई कथा र निर्देसन लोकप्रिय गायक तथा सर्जक रामकुमार नेपालीले नै गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com