” खेर जाँदैनन् सपनाहरु – साहित्यकार निरु न्यौपाने “

जिबनमा बसन्तलाई , बहारलाई पर्खेर बस्ने हरु !
पतझड मौसममा सुकेको हाँगा र झरेको पातमा !!
जिबन खोजेर हेर त ?
कहिले खेर जाँदैनन् सपनाहरु !
सुकेको हाँगामा सम्झ डाली पलाउँछ !!
झरेको पातले सम्झ चरीले गुड बनाउँछ !
एक दिन फेरी बर्षात हुनेछ !!
हराभरा हुनेछ त्यहि पतझड बन !
अनि फुल्नेछन् आशाका फुलहरु !!
रमणीय हुनेछ घर आँगन बातावरण !
तर फेरी नबिर्स चक्र हो जिबनको , चक्र हो प्रकृतिको !!
एक दिन फेरी झर्नेछन् फुलहरु सुक्नेछन् पातहरु !
फेरी पतझड बन्ने छ वसन्त पतझड बन्ने छन् बहार !!
तर चक्र हो प्रकृतिको !
झरे पछी फल्छ , फुले पछि झर्छ भनेर सोच त ?
कहिल्यै खेर जाँदैनन् सपनाहरु !!
कलकल बग्ने नदीको झन्कारमा आनन्दित र पबित्र बनेको मन !
सबैलाई जिबन दिने जीवलाई प्राण दिने !!
कति अमुल्य छ पानि ! कति बहुमुल्य छ खोला , नदि सागर !!
तर बर्षातको पानीले कहिले उर्लेर आउँछ !
कहिले घर आँगन बगाउँछ !!
तै पनि जिबन सम्भव नै छैन उ बिना !
फेरी एक दिन खडेरी आउँछ मूल सबै सुकाउँछ !!
उजाड , उराठ र टिठ लाग्दो बन्नेछन् बगरहरु !
फेरी एक दिन उस्तै उस्तै कलकल बग्नेछ नदि !!
आनन्दित र पबित्र हुनेछ मन भनेर सोच त !
कहिल्यै खेर जाँदैनन् सपनाहरु !!!!

निरु न्यौपाने ..