” मनको अदालतमा न्याय ठहर गरियो “

मनको अदालतमा न्याय ठहर गरियो !
खुसि खुसि जिबन काट्ने रहर गरियो !!
अजम्बरी नाता हाम्रो टुट्ने छैन बाचा !
लान्छना ति समाजको बदर गरियो !!
तिमीलाई आफ्नो बनाएर देखाउंदा जगमा !
लाग्छ साँच्चै जिन्दगीको जंघार तरियो !!
फाट्न थाल्यो मन कहिले , कहिले रोए आँखा !
सम्झौता हो जिबन भन्दै सफर गरियो !!
हिजो अस्ति म बिना त सुन्य संसार भन्थ्यौ !
बिस को उन्नाइस हुँदा सबलाई खबर गरियो !!
कैदी त म होइन तिम्रो , न किनेकै चिज हुँ !
पाइला पाइला पछ्याई छड्के नजर गरियो !!
खुल्यो आँखा बुझ्यो मनले बैगुनीको माया !
पुराना ति यादको दाहसंस्कार गरियो !!

निरु न्यौपाने