काठमान्डौ असार ५ – मकवानपुर पकनी वडा नं ९ मा आमा शान्ता अर्याल र बुवा श्रीकुमार अर्यालको कोखबाट जन्मिएकी अहिलेकी चर्चित अनि ब्यस्त गायिका चन्दा अर्याल तीज गीतको तयारीमा रहेकी छिन् । उनले आफ्नै एल्बम १६ वटा र अरुको गीत गरेर ३ दर्जन भन्दा बढी गीतमा स्वर दिएकी छिन् । धेरै समय पहिला उनले १ दर्जन जती गीतमा अभिनय समेत गरेकी छिन् । गायिका अर्याल अस्ट्रेलिया, जापान, दुबई , बहराईन, कतार, मलेसिया, ईन्डिया, चाईना लगायत नेपालका बिभिन्न जिल्लाहरुमा साँस्कृतीक कार्यक्रममा समेत सहभागीता जनाएकी छिन् । उनीबाट स्वरबद्ध रहेका गीतहरु मध्य खान्न मत पिडालु कोक्कायो , स्याउ ल्याईदिउकी केरा, तीजको गीत ओहो महादेब, मेरो लचक्कै कम्मर, नजुधाउ आखा त्यसरी बजारमा चर्चामा रहन सफल भएका छन् । उनै सफल अनि ब्यस्त गायिका चन्दा अर्यालसँग हाम्रा संबाददाता प्रकाश बराईली अभिब्यक्तीले लिएको अन्तरबार्ता जस्ताको त्यस्तै ।
१, तपाईको पहिलो गीत कुन हो ?
मेरो पहिलो गीत मनमा जलन छ हो । जसमा रामजी खाण र बिष्णु माझीको स्वर रहेको छ भने मेरो अभिनय रहेको छ ।
२, आज सम्म को सँग काम गर्दा बढी खुसी हुनु भयो ?
बद्री पंगेनी दाईसँग काम गर्दा धेरै खुसी लाग्यो । मलाई पहिला केही थाहा थिएन । म यो ठाउमा आउन’मा उहाँको हात र सल्लाह सुझाव थियो ।
३, हाल केमा ब्यस्त हुनु हुन्छ ?
हाल भन्नु पर्दा कार्यक्रममा र गीत संगीत मै ब्यस्त छु । साथै तीज गीतको तयारीमा पनि छु ।
४, तपाईका आगामी दिनका योजनाहरु के के छन् ?
गीत संगीतमै निरन्तर लाग्ने सोच छ । त्यो संसंगै केही ब्यवसाय पनि गरौ की भन्ने सोंच पनि आको छ ।
५, गीत संगीत क्षेत्रमा लाग्ने सोच कसरी आयो ?
सानै देखी गीत गाउथे स्कुले जिवनमा प्रथम हुन्थे । रेडियो पालुङ्गमा पनी ५÷६०० जनामा प्रथम भएकी थिए । त्यसपछि मनमा झन उत्साह जाग्यो ।
६, सुरुवातमा तपाईलाई क कस्को हौसला मिल्यो ?
मलाई सुरुवातमा मेरा साथीहरु र घर परिवारबाट प्रेरणा मिलेको थियो ।
७, बजारमा छाडा गीतहरु आई रहेका छन् । यसलाई के भन्नु हुन्छ ?
हामी एक जनाले मात्र भनेर भएन । दोहोरीका संघ संस्थाहरुले पनि आवाज उठाउने साथै कलाकारहरु पनि एक भए पछि मात्र छाडा गीत हटाउन सकिएला । नत्र गाह्रो छ । क्षणिक बिक्नु भन्दा लामो समय टिक्नु राम्रो हो ।
८, छाडा गीतलाई निर्मुल पार्न के गर्नु पर्ला ?
कोही कलाकारहरु जति भएनी मान्दैनन् । मेरो जिवनमा किन हस्तक्षेप गर्नुहुन्छ भनेपछि केही संघ संस्थाले वास्ता गरेनन् । पुराना संस्कृतीलाई जोगाउनु हामी सबैको दायित्व हो । छाडा गीतले संस्कृतीलाई धरासायी बनाउछ । यस प्रती हामी सबै कलाकारहरु सचेत रहन जरुरी छ ।
९, अबको तपाईको तीजको गीत कस्तो प्रकारको छ त ?
तीज गीत भनेको तीज बिशेष नै हुनुपर्छ । चाडबाडलाई छुनै पर्छ । दिदी बहिनीको बेदना साटासाट गर्ने खालको तीज गीत गर्दै छौ । जसमा मेरो र पुजा पौडेल दिदीको स्वर रहने छ । यस गीतमा दिपक शर्माको संगीत र सुमन परियारको शब्द रहेको छ ।
१०, बिवाह बारे के सोच्नु भएको छ ?
अहिले सम्म मायाजालमा फसिन । त्यता तिर ध्यान भएन आफ्नो क्षेत्रलाई बढी ध्यान दिए । बिहे भनेको अचानक निर्णय गरेर हुदैन । जिवन बिताउने कुरा हो । त्यसैले सोचेर बिवाह गर्नुपर्छ । मेरो त मागी बिहे हुँदै छ ।
११, नव आगन्तुक कलाकारहरुलाई के भन्नु हुन्छ ?
सर्ब प्रथम त आफुमा के प्रतिभा छ त्यो बुझ्न जरुरी छ । यस क्षेत्रमा आउदा केही कुरा सिकेर, बुझेर मात्र आउदा राम्रो हुनेछ ।
१२, अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
गीत संगीतलाई माया गरिदिनुहोला । प्रतिक्रिया जनाईदिनु होला , सल्लाह सुझाव दिनु होला । मेरा केही कमी कमजोरी छन् भने बताईदिनु होला । बताईदिनु भयो भने मैले मेरो कमजोरी सुधार्ने मौका पाउने छु यही भन्न चाहन्छु ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com