चैत्र २८ काठमाडौँ – गीता लामा गायिकाको रुपमा चिनिएकी छिन कल्याणपुर ५ काफलसौरा हालको साबिक बिदुर नगरपालिका १३ नुवाकोटमा चतुर तामाङ्ग अनि साइली तमाङ्गको कोख बाट जन्मिएकी उनि ७ जनाको साधारण परिवारमा हुर्केकी थिइन । लामा सानै उमेर देखीनै गाउने नाच्ने गर्ने रहर भएकी केटि हुन् गाउका सानातिना प्रोग्रामहरु अनि मेलामा गाउने नाच्न जाने गर्थिन । उनि गाउका मान्छेहरुले उनि भित्रको कला गला देखेर हुने कार्यक्रमहरुमा लैजाने गर्थे तर पनि घरको नाजुक अबस्थाले गर्दा उनि सिलाइ सिक्ने अनि गाउमानै एउटा टेलर अथवा सिलाइ सेन्टर राख्ने सोच राखेर १५ बर्षको उमेरमानै राजधानी छिरेकी उनि काका काकीको घरमा बसेर केहि समय सिलाइ सिकेर गाउमा गयर उनले भने जस्तै सिलाइ सेन्टर खोलेर गाउमा सेवा पनि दिएकि थिइन ।
तेतीबेलानै गाउमा हल्ला सुनाए काठमान्डौमा जादा गीत गाउन पाइञ्छ कलाकार बन्न पाइञ्छ भन्ने कुरा थाहापाएपछि त्यो कामलाई थाति राखेर फेरी उंको यात्रा राजधानी तिरको भयो र उनि दोहोरि साँझमा काम गर्न पुगिन विभिन्न मान्छेहरु सहयोगमा उनि पुकार दोहोरि साँझमा काम गर्ने अबसर पाएकी उनि निकै खुसि बनेकी थिइन् । गायिका गीता लामा करिब ३ बर्ष सम्म लागतार दोहोरि साझको काम पछि एउटा एल्बम गर्ने रहर उनीमा पलायो र आफु गायिका बन्ने रहर पुग्ने कामतिर लागिन उनि तेतिबेला क्यासेटको जमाना थियो २०५९ सालतिर उनिले गीत रेकडिङ्ग गरिन रिमा रेकडिङ्गमा लामाको पहिलो एल्बम लिकलियो धुपी सल्लाले नामक एल्बममा यामु शर्मा , शर्मिला गुरुङ अनि गीता लामाको स्वोरमा रहेको गीतलाइ हिमालय अडियो हाउसले बजारमा पठाएको थियो ।
गीता लामा गायिका मात्र नभएर मोडेल पनि हुन् भन्ने प्रमाणित भएको छ किन कि रामहरि भण्डारीको ड्राइभरको कहानी नामक एल्बममा उनि म्युजिक भिडियो समेत गरिसकेकी छिन । यो काम निरन्तर दिने क्रममा उनीलाई केहि नेपाल भन्दा बाहिर प्रोग्राममा जाने चाहना भयो सुन्धारामा रहेको दोहोरि साँझमामा काम गर्दा गर्दै सिङ्गापुरको भिसा लागेपछि उनि नेपाल छोडेर सिङ्गापुर पुगेकी थिइन नेपाल आउने जाने क्रम जारि राख्दै उनि ७ बर्ष सम्म सिङ्गापुर् बसेकी थिइन् भने तेहा बसेको क्रममा पनि तेहाका विभिन्न ठाउमा प्रोग्राममा गीत गाउने गर्थिन भने समाज सेवा पनि गर्ने गरेकी गायिका लामाको भनाइ छ ।
विदेशको यात्रा सकिएपछि लामा फेरी नेपाल फर्केर बिहेको बन्धनमा परेर पनि अहिले एक छोरी समेत रहेको परिवार बनेको छ गायिका गीता लामाको गीत गाउने अनि विभिन्न ठाउमा प्रोग्रामा जाने गरेको भयता पनि गीतहरुको एल्बम बजारमा आउन सकेको थिएन । अहिले धेरै लामो समय पछि फेरी गायिका लामा गीत संगीतमा फर्किएकी छिन अहिले २०७४ सालमा फेरी गीतको एल्बम बजारमा लिएर आएकी हुन् माया लाउने दिन आयो नामक एल्बम निकाले लगतै मनको धनि लगायतका एल्बम लिकाल्दै आएकी गीता लामा संग बिरेन्द्र ओलीले गरेको अन्तरंग कुराकानी प्रस्तुत गरिएको छ ।
गायिका बन्ने यहाको सनैको रुचि हो ?
सानै देखि मलाइ गाउन मन पर्थ्यो ।
हालसम्म कतिवटा गीत गाउनु भयो ?
आधा दर्जन भन्दा बढी गीत हरुमा आवाज भरेकी छु अझै धेरै गर्न बाकि नै छ ।
ग्ल्यामर इन्डस्ट्रीमा त बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्छन् नि ?
मलाइ यो बारेमा खासै थाहा पनि छैन र मैले गरेको पनि छैन सायत होला ।
सुरुमा स्टुडियोमा जाँदा कस्तो अनुभब भएको थियो ?
एकदम खुसि भएकी थिय ।
गीत चल्नुमा कसैको भुमिका हुन्छ कि हुदैँन ?
कसैको भूमिका भन्दा पनि दर्सक अनि सोर्ता हरुमा भर पर्छ ।
कुनै दिनको सम्झना छ दुःख पाएको ?
दुख हरु धेरै छ संघर्ष गर्दा दुख अबस्य नै हुञ्छ सिङ्गापुरमा ९ दिन अलपत्र परेकी थिए त्यो दिन कहिले भुल्दिन ।
यो क्षेत्रमा भविष्य छ ?
भबिस्यमा यहि हुन्छ सोचेकी छैन अहिले सम्म राम्रै छ गर्ने हरुका लागि छ ।
यहाका आउने गीतहरु हरु ?
अब चाडै तामंग सेलो गीत बजारमा आउदै छ अरु पनि सोच छ ।
तपाइँ एउटा गायिका अब आउने र आउदै गरेका नब गायिका हरुलाई के संदेश दिनु हुन्छ ?
अर्काको लह लहैमा लाग्नु हुदैन सबै कुरा सिकेर आउदा राम्रो हुन्छ आफुलाई जे गर्दा राम्रो हुन्छ त्यो गर्दा राम्रो हुञ्छ सबैको साथ सहयोग भयो भने अगडी बढ्न सकिन्छ ।
सानोमा केहि नराम्रो काम गरेको याद छ ?
घरमा भएको गहुलाइ केरा संग साटेर खाएकी थिय अनि ममीले कुट्नु भयो ।
कस्तो गीत गाउन रुचाउनु हुञ्छ हजुरले ?
सबैको मनछुने गीत हरु सबैले सुनेर राम्रो भनुन ।
भविष्यको योजना के छ ?
एउटा घर बनाएर बस्ने बिचार छ ।
यहा लाइ मन पर्ने एक नेपालको गायकको नाम लिनु पर्दा ?
बद्रि पंगेनी संग गाउने रहर छ ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com