” नेपाल अमेरिका एकता समाजको दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न “

संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ । नेपाल अमेरिका एकता समाजको आयोजनामा यहि मिति,अक्टोबर ८, २०१६ शनिवार फुलपातीका दिन तारा हिमालयन कुजिन,आर्टेशियामा बेलुकी ८ बजे देखि रातको १२ बजे सम्मको समयमा बडा दशैं २०७३ शुभकामना आदान प्रदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सम्पुर्णलाई विजय दशमी तथा शुभ दीपावली २०७३ काे सुखद अवसरमा सुख, शान्ति तथा समृध्दिकाे मंगलमय शुभकामना सहित संघ संस्थाका प्रतिनिधि , पत्रकार मित्रहरु तथा समुदाय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको थियो , जसै अनुरुप आमन्त्रित व्यक्तित्व भन्दा पनि बढीको उपस्थितिले सो कार्यक्रमको सुगन्ध थप भएको थियो ।