सारङ्गिको मिठो धुनमा आउनु तिमी संगीत सरोबर
घिन्ताङ मादल खैजडिमा आउनु तिमी संगीत सरोबर !!
बिनायो र मुर्चुङ्गगाको झ्याउरे भाका गाउदै तिमी
हरेक रातमा थकान मेट्न आउनु तिमी संगीत सरोबर !!
लोक भाका र लोक संस्कृति लोप हुँदै छ हामी बाट
बाचाउनु छ हाम्रो भाका आउनु तिमी संगीत सरोबर !!
लाइक शेयर कम्मेन्ड गर्दै तिम्रो सम्मान गर्छौ हामी
यस्मा कुनै सङ्गकै छैन आउनु सधैं संगीत सरोबर !!
कहिले आउनु नौ मती र पञ्चे बाजा घन्काई घन्काई
तिम्रै बाटो कुरिरहदा आउ है तिमी संगीत सरोबर !!
“भौतिक जिबन यात्री”
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com