गजल
कती धेरै चर्चा गरौँ कुरा बिश्वास को !
हृदय मा रेटिए छुरा बिश्वास को !!
बढ्नै नपाई घाटी रेट्ने काम भए छ यहाँ !
यतिकै मा मर्ने भए भुरा बिश्वास को !!
अन्त्य हुन समय नि कती लाग्ने होला !
मध्य भाग मै हुने होकी पुरा बिश्वास को !!
उनकै हात मा लगाई दिने ठुलो धोको थियो !
झल मल्ल पारेर चुरा बिश्वास को !!
गणेश चौलागाईं
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com