” अक्टोबर २९ मा मलेसियामा देश पर्देश सांगीतिक कार्यक्रमको आयोजना हुँदै “

संगीत सरोबर डट कम , काठमाडौँ //
राजु बोहरा । नेपालीहरु दिन प्रतिदिन बाध्यता बस पर्देशिने क्रम बढ्दो छ , यसरी पर्देशीसके पछि आफ्नो आफन्त र छरछिमेकी बाट टाढा रहनुको पिंडा कति कष्टकर हुन्छ , त्यो भोग्नेलाई थाहा हुन्छ , तर ति कष्टकर जिबनलाइ सहज बनाउनका लागि बेलाबखत नेपाली सांगीतिक क्षेत्रका कलाकारहरु विभिन्न देशमा पुगेर आफ्ना प्रस्तुतिहरु प्रस्तुत गरिदिंदा पनि सायद धेरै प्रबासीहरुको मन हलुङ्गो हुन्छ क्यारे त्यसैले पनि बेला बेलामा विभिन्न मुलुकमा नेपालीहरुकै जमात बाट कार्यक्रमहरु आयोजना भै रहन्छन ।
यसै क्रममा यहि आउँदो अक्टोबर २९ – २०१६ मा मलेसियाको मलक्कामा दिपावली कार्यक्रमका लागी चर्चित गायिका इन्दिरा जोशी मलेसिया पुग्ने भएकी छिन् साथमा देश पर्देश म्युजिक प्रालीले आयोजना गर्ने दिपावली विशेष सांगितिक कार्यक्रममा दर्शक नचाउनका लागि डान्सर मेका मगर, हास्यकलाकार प्रताप मुस्कान गायकहरु अनुराग श्रेष्ठ, रमेश बस्नेत, दिपसागर बुढा, दिप थापा, लोक गायक भिम लोहार र ज्ञान सुनार पनि सो प्रस्तुतीलागि मलेसिया पुग्ने भएका छन् ।
मलक्काको ओसियनमा हुने कार्यक्रम मलेसियाको समय बिहान ११ बजे देशी बेलुकी पाँच बजे सम्म संचालन हुनेछ ।
यस कार्यक्रममा मलेसियाको स्टेजमा चर्चित बनेका गायक अमर राइ, मनिपाल राइ र गौरब नारायण राइको समेत प्रस्तुती हुने भएको छ , भने मलेसियामा सक्रीय रहेको मन्जरी थ्रीएटर को बिषेश प्रस्तुती समेत सो कार्यक्रममा रहने भएको छ ।
कार्यक्रमका आयोजक पदम गहतराजले दिएको जानकारी अनुसार कार्यक्रमका लागी , कलाकार एग्रीमेन्ट देखी लिएर हल बुकिङ सम्मका काम सकिएको छ ।