स्टुडियो बाटै गीत हराएको हुँदा निकै दु ख लाग्यो-दुर्गा बि.सि

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र दिनप्रतिदिन धरासाही बन्दै गैरहेको छ , यो अवस्थामा पैसा हुने तर कला नहुनेहरु अग्रपंतिमा रहेका हुन्छ्न् , त्यसैले हामी सम्पूर्ण संगीत पारखीहरुले राम्रा कलाकारहरुलाई प्रोत्साहन गर्नु हाम्रो जिम्मेवारी हो भन्ने बुझ्नु पर्ने आजको आवस्यकता हो । तसर्थ हामी संगीत सरोबर डट कमले नयाँ कलाकारलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्दै नेपाली गीत संगीतको क्षेत्रलाई फराकिलो बनाउने उदेस्यले हाल इजरायलमा रहेका पछिल्लो समयमा निकै कर्णप्रिय आवाज बाट हरेक सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल उदयमान गायक दुर्गा बी.सि संग कुराकानी गरेका छौं र यो कुराकानीको जस्ताको त्यस्तै अंश तल प्रस्तुत गरेका छौं ।

यहाँको जन्म मिति ?
२०४४ सालमा बाबा दल बहादुर र आमा भद्रकलीको कोखबाट बाग्लुङ जिल्लाको दमेक गा.बि.स मा जन्मे । हाल स्थानीय घर नवलपरासी दुम्किबास हो ।
गीत संगीतको क्षेत्रमा कहिले र कसरी यात्रा शुभारम्भ गर्नु भयो ?
सानै देखि गित सङ्गीतमा झुकाब राख्थे बिशेष लोक संगीतमा झुकाब थियो , म स्कुलको हरेक कार्यक्रममा भाग लिन्थे मलाई मेरा गुरुहरु बलराम सुवेदी ,मोहनलाल कलवारले निकै माया र मलाई अगाडि बढ्नको लागि प्रेणना दिनु हुन्थ्यो । मैले गाउँ घरमा हुने कार्यक्रममा भाग लिने गर्थे सबैले राम्रो छ अझै अगाडि बढ्न भन्नू हुन्थ्यो । एस एल सि पास पछि संगीत सिक्ने चाहाना त थियो तर मध्यम परिवारको म संगीत सिक्न पाइन तर पनि मैले हार खाइन मेरो एक जना रामु बि क दाइ हुनुहुन्थ्यो उहाले परासी एफ.एम मा काम गर्नु हुन्थ्यो मलाई एक दिन नबप्रतिभा गायक भनि कार्यक्रममा बोलाउनु भयो जुन कार्यक्रम सुनेर मोडल सुशान्त घिमिरे ज्यु मलाइ कार्यक्रम सकिने बित्तिकै भेट्न आउनु भो र हामी मिलेर एल्बम निकालौ भन्ने कुरा गर्नु भो खुशी लाग्यो त्यस पछि हामी बलराम सुवेदी सर ले लेख्नु भएको दाउन्ने कि नानी एल्बम रेकर्ड गर्न भनी काठमाडौ गयौ तर हामिले सोचे जस्तो नहुदो रहिछ मैले अग्रज दाइहरु लाई गित सुनाए तर यस्तो गित चल्दैन खर्च नगर्नु भन्नू भयो, त्यस पछि हामी फर्कियौ ।
त्यो बेला त निरास हुनु भयो होला है ?
हो निरास भएँ गायक बन्ने सपना बोकेर हिडेको पहिलो गाँस मै ढुङ्गा लाग्यो , बिस्तारै समय बित्दै गयो फेरि मैले एउटा गित लेखे “फोन गरन काली:- तिम्रै याद मा बसि रहन्छु खाली, मोबाइल पैसा छैन मेरो त फोन गरन काली “र “बिछोडको दिन गन्दै छु रच्यौ नाटक प्रेममा तिमिले त्यही नाटकको पात्र बन्दै छु” भन्ने सुशान्त सर लाई सुनाए मन पराउनु भयो । फेरि रेकर्ड गर्न काठमाडौ गयौं मेरो आवाज राम्रो भएता पनि गित चल्नलाई चर्चित कलाकार राख्नु पर्छ भन्ने कुरा भयो त्यस पछि पहिलो गित खुमन अधिकारी , देबि घर्ती र दोस्रो गित कुलेन्द्र बि क र मुना थापालाइ राखेर रेकर्ड गरियो त्यस पछि हामि धेरै दिन काठमाडौ बस्न सकेनौ घर फर्कियौ दुबै जना त्यस पछि लगानी निकै लाग्नी र गित बजारमा आएर नि लगानी उठाउन नसक्ने भए पछि गित बजारमा ल्याउने सकिएन । पछि बुझ्दा त्यो गित रेकर्डिङ्ग स्टुडियोमा नभएको कुरा गर्नु भो पैसा निकै खर्च भएको थियो दुई वटा गितमा तर गित स्टुडियो बाटै हराएको हुदा निकै दु ख लाग्यो ।
ओ हो त्यसरी संघर्ष गरेर रेकर्ड गरिएको गीत रेकर्डिङ्ग स्टुडियो बाट नै हरायो है ? त्यसपछि के भयो ?
त्यस पछि म परदेश (इजरायल) तिर लागे , प्रदेशमा रहेर पनि लोक संगीतमा आफ्नो निकै सक्रियता देखाए । इजरायलमा भएको हरेक कार्यक्रममा गित गाउन जान्थे । कार्यक्रममा जादा सबैको हौसलाले गर्दा एउटा गित बनाए । “फेर्ने रहर टिनको छानो , लागे परदेश जुटाउन एक मानो , अब बिदेश कहिले आउदिन , जस्ले सन्सार देखाए उनैलाइ , देख्न बरु पाउछु पाउदिन ।
गीत त सार्है मर्मस्पर्सी बनाउनु भएछ तर परदेशमा रहेर यसरी तयार गरेको गीत रेकर्ड गर्न पनि त समस्या थियो होला नि ?
हो समस्या अत्यन्त थियो , कसरी एरेन्ज गर्ने , कहाँ रेकर्ड गर्ने भन्ने भयो , एक दिन बरिष्ठ सर्जक एकनारायण भन्डारी दाइ लाई फेसबूक बाट मेसेज गरे उहाँ ले रिप्लाइ दिनु भयो , मेरो कुरा स्विकार्नु भयो , हुन्छ म लय र एरेन्ज गर्छु भन्नू भयो त्यसपछि मैले यो गित “परदेशी छोरो ” इजरायल मै रेशम क्षेत्री दाइ र नबगायिका किशु गुरुङ्ग को सहयोगमा रेकर्ड गराएँ । जुन गितमा लय वरिष्ठ संगीतकार तथा सर्जक एकनारायण भण्डारीको रहेको छ भने सब्द दुर्गा बि.सि र आवाज लोक दोहोरी क्षेत्रकि एक तारा बिमा कुमारी दुरा र दुर्गा बि सि को रहेकोछ ।
गीत संगीतको क्षेत्रमा परदेशीहरुको कथावस्तु लुकेको गीतहरु धेरै छन् , धेरैको भिडमा यो गीतमा पृथकता के छ ?
पछिल्लो समयमा परदेशी गितहरु बजारमा निकै आए पनि यो “परदेशी छोरो” नामक गित अरु भन्दा फरक रहेको छ । जहाँ एउटा परदेशी छोरो र आमा बिचको सम्बाद लाई दोहोरी मार्फत प्रस्तुत गरिएको छ । आमा भन्छिन ” भन्छौ छोरा केही साल आउदिन , मेरो बाबू आँखाको नानी लाई देख्न बरु पाउछु पाउदिन । त्यसैगरी छोरोको भूमिका बाट ” अब बिदेश कहिले आउदिन , जस्ले संसार देखाए उनैलाई देख्न बरु पाउछु पाउदिन ।
वास्तबमा यो गीतले विदेशमा सुन भल्छ भन्ने मनसाय राख्नेहरुका लागि मानो रोपे मुरी आफ्नै देशमा नै फल्छ भन्ने संदेश हो है ?
हो मान्छेले आफुले नभोगी सबै कुरा कहाँ थाहा हुन्छ र म अहिले बिदेशमा छु आफ्नो घर परिवार र आफ्नो समाजबाट निकै टाढा छु त्यसैले प्रबासिको जिबन भोग्नेलाई थाहा हुन्छ अनि मैले भोगेको यथार्थतालाई संदेशको रुपमा सबै माझ पुर्याउन खोजेको हुँ ।
यस गीतको लागि श्रोता तथा दर्शकहरु बाट प्रतिकृया कस्तो पाउनु भएको छ ?
निकै मार्मिक शब्द ,स्वर र लय रहेको हुदा आशा छ दर्सक श्रोताहरुले माया गर्नु हुनेछ , अहिले सम्म अशंख्य संगीत पारखीहरु बाट उल्लासमय प्रतिकृया पाइरहेको छु ।
गीतले भने जस्तो विदेश नबसी अब छिट्टै नेपाल फर्किने सोचमा हुनुहुन्छ हो ?
होइन , मैले प्रस्तुत गरेको यो गीत आम नेपाली जो प्रबासमा हुनुहुन्छ उहाँहरुको वास्तविकता हो त्यसैले मैले बिदेशमा सुन फल्छ भन्नेहरुका लागि संदेश दिन मात्र खोजेको हुँ यसो भन्दैमा म बिदेशमा नै पलाएन भने हुन सक्दिन यद्यपी आगामी दिनहरुमा परदेश बाट भए पनि निरन्तर गित सङ्गित मा लाग्ने छु र संगीतको माध्यम बाट आफ्नो समाजको यथार्थ बोलिरहने छु ।
अन्तमा केहि छुटेका कुराहरु केहि छन् ?
अन्तमा वरिष्ठ सर्जक संगीतकार एकनारायण भण्डारी ज्यु लाई हृदय देखि धन्यवाद दिन चाहान्छु साथै मलाइ साथ सहयोग गर्नु हुने मेरो परिवार साथी भाइ इष्टमित्र , गुरुहरु ,सन्चार माध्यम सबैलाइ धन्यवाद दिन चाहान्छु साथै संगीत सरोबर डट कमले पनि मेरो मनको कुरा सबै माझ पुर्याउन सहयोग गरेको छ यहाँलाई पनि धन्यवाद ब्यक्त गर्दछु ।

दुर्गा बि.सी द्वारा स्वर बद्ध गीत सुन्न र भिडियो हेर्न तल क्लिक गर्नु होला ।