संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल चर्चित गायक कृष्ण रेउले पछिलो समयमा अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा परेका छन् । कलाकार राष्ट्रको गहना हुन् भन्ने राष्ट्रले दिएको उपनाममा उनि भन्छन् , हामी राष्ट्रको गहना होइनौं , जुन गहना कुनै भोज भत्तेरमा जाँदा लगाइन्छ र घर फर्किए पछी फुकालेर धराजमा राखिन्छ । हामीलाई कलाकारले राष्ट्रको अमुल्य सम्पतिको रुपमा लिनु पर्दछ भन्ने विचार राख्ने उनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिब समेत रहेका छन् । पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिकृति फैलिरहेको अवस्थामा हामी कम्म्मर कसेर यसको बिरुद्धमा लाग्नु पर्छ भन्ने धारणा राख्ने रेउले संग संगीत सरोबर डट कम ले गरेको कुराकानी तल प्रस्तुत छ ।
यहाँको जन्म स्थान ?
मेरो जन्म स्थान खलंगा १ शन्तिनगर, जन्ममिती २०३८/५/२१ गते बुवा बाला राम रेउले र आमा केशु रेउले भएको हो ।
अहिले कहाँ बस्दै हुनुहुन्छ ?
अहिले म काठमाडौ बबरमहल बस्दै छु ।
पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुको उच्चा रोजैले भ्याई नभ्याई छ है ?
ठिकै छु पछिल्लो मेहेनतको फर र निरन्तरताको कारण अलि ब्यस्त नै छु ।
अहिले सम्म कृष्ण रेउलेले कति वटा गाइसक्नु भयो ?
अहिले सम्म मैले कति गीत गाए त्यो एकिन छैन आफ्नो ब्यक्तिगत एल्बम करिब ३५,४० ओटा पुग्यो होला , त्यो पनि गणना राखेको छैन ।
त्यो पनि सबै आफ्नो लगानीमै हुन अरुको बाहेक ।
पहिलो गीत कुन गाउनु भएको थियो ?
मैले पहिलो पटक गायको गीत सल्यान बाट झरेको माया, मलाई छोडी काहा जान्छेउ निर्माया जुन गीत २०५५ सालमा रेडियो नेपाल बाट स्वर परिक्षा पास गरेको गीत हो ।
कति साल बाट गीत गाउने शुभारम्भ गर्नु भएको थियो र आफु कति बर्षको हुनुहुन्थ्यो ?
मैले पहिलो रेकर्ड गीत २०५५ सालमै रेडियो मा रेकर्ड गरेको गीत लगभग १६ बर्षमा ।
सुरुका समयमा त यस क्षेत्रमा लाग्दा धेरै पैसा खर्च गर्नु पर्छ भन्छन्प नि ?
पहिलो गीत रेकर्ड गर्दा रेडियो नेपालले ६०० सय रुपैया पारिश्रमिक दिएको थियो, अर्थात लगानी लागेको थिएन त्यस अर्थले पनि मा भाग्यमानी हुँ ।
यहाँलाई कृष्ण रेउले भनेर चिनाउने गीत कुन कुन हो ?
हेर्नुस आफ्नो सन्तान आफुलाई सबै नै प्यारो हुन्छन् तर पनि सम्झिनु पर्दा रोधी धाउनाले, खानालाइ तितो छ करेली , डाडै काटी जाउ बरु निर्माया , यहि त होला माया भनेको र आज गाउँमा बिजुली चम्क्यो लगाएतका धेरै छन् ।
यस क्षेत्रमा स्थापित हुनका लागि यहाँले कतिको दुख र शंघर्ष गर्नु पर्यो ?
धेरै दुख गरेको छु यो यात्रामा महाभारत हुन्छ भन्नुपर्दा, म काठमाडौको बसाई अर्काको घरमा नोकर काम गरेर रेडियो मा स्वर परिक्षा पास गरेको त्यो अबस्था सम्झिंदा पनि कहाली लाग्छ , काठमाडौँमा संघर्ष गर्न पनि त्यति सहज थिएन हामिहरुको लागि ।
कलाकार त राष्ट्रको गहना भन्छन्क नि , कला क्षेत्रमा लागिसके पछी आफ्नै गाउँ ठाउँ र देशको लागि के गरे जस्तो लाग्छ ?
हामिले गीतसङीत बाट सल्यान चिनाउने हो हाम्रो क्षेत्रको लोक सस्कृतिलाई बचाउनु हो , त्यो काम गरिरहेको छु र गरिरहने छु, जस्तो टप्पा गीत गरेको छु ती गीतबाट सल्यानका चिनारी भुगोलका पर्यटक स्थलका नाम समेट्ने प्रयास भाको छ त्यही हो हाम्रो कर्तव्य र देशको लागि कलाकारहरुले यहाँ भन्दा के गर्नु र ?
भाग्य छ भनेर ढोकोमा दुध दोएर अट्दैन , निकै संघर्षका साथ यस क्षेत्रमा स्थापित हुनु भएको छ , र पनि यस क्षेत्रमा स्थापित हुनमा सबै भन्दा पहिला कसको नाम सम्झिनु हुन्छ ?
बाटो देखाउने गुरु अनि मेरो आमालाई सम्झिन्छु, तर आफू का पुग्ने हो त्यो गन्तव्य सहितको यात्रा त आफैले दुख लगनशिल र निरन्तरताले पुग्ने हो, त्यो सफलता को लागि सबैले आफै सङ्घर्ष गर्नु पर्छ ।
आगामी योजना ?
मेरो योजना त गीत सङ्गीत त सङगै, मेरै ठाउमा लोक सास्कृतिक अनुसन्धान केन्द्र बिशस्ल रुपमा स्थापनस गरेर सन्सारलाई मेरो ठाउँ र हाम्रो सल्यानलाई चिनाउन चाहन्छु तर यो कामको लागि ठूलो सुबिधा सम्पन्न सहितको जग्गा अनि लगानी चाहिन्छ ।
मेरा जिबनका केही भोगाईहरु यो अनलाइन प्रत्रिका संगीत सरोबर डट कम मार्फत सबैमा पुर्याउने अबसर दिनु भो, आभारी छु, अझै आगामी दिनमा पनि साथ सपोर्ट र मायाको आपेक्षा समेत गर्दछु ।
धन्यवाद हामीलाई समय दिनु भएकोमा ।
धन्यवाद त मैले राजु जी हजुरलाई दिनु पर्छ , किनकि मैले मेरो जिन्दगीका तिता मिठा भोगाइहरु हजुर मार्फत धेरै शुभचिन्तक मेरा श्रोता तथा दर्शक माझ पुर्याउने अवसर पाएको छु ।
कृष्ण रेउले द्वारा स्वर बद्ध र अभिनित पछिल्लो समय बजारमा आएको लोक दोहोरी गीत ” माया लाउने दिन आयो” बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com