” युनिक सास्कृतिक धमाका ४ आयोजना हुन १३दिन बाकी “

संगीत सरोबर माघ १ – मलेसिया मा आयोजना हुने युनिक सास्कृतिक धमाका ४ आयोजना हुन अब १३ दिन बाकी रहेको छ सबै ले अत्याधिक रुचाएको धमाकाले यस बर्षको चाइनिज नया बर्षको धमाकामा बेग्लै अनुभूति र सबै लाई अत्याधिक मनोरन्जन दिने हेतुले ९ जना कलाकार लाई मलेसिया भित्र्याउन लागेको आयोजक नवीन खडकाले जानकारीदिएका छन् । कार्यक्रम मा यस पटक दर्शकले नौलो अनुभूति पाउने आयोजक भिमसेन केसि ले दाबी रहेको छ । क्रार्यक्रममा निकै छोटो समय मा निकै चर्चा कमाएका लोक दोहरी गायक प्रकाश कटुवालले दर्शकलाई नचाउने छ्न भने साथमा दोहरी गायिका शुशिला गौतम र प्रकाश कटुवालको दोहरीमा दर्शकले मनोरन्जन प्राप्त गर्ने छन । चर्चित तथा लोक प्रीय हास्यकलाकार इकु ले दर्शकलाई पेट मिचीमिची हसाउने छन । कार्यक्रमको आकर्षकका रुपमा रहेका भोजपुरी गायक सन्तोश राज , नायिका ऋषिका चौधरी , प्रीना तिवारी , नायिका रिया श्रेष्ठ , डान्सर रायमा लिम्बू , चर्चित कलाकार बिक्रम जंग शाह , लोक गायक ठाकुर ओझा , प्रकाश योगी , र आधुनिक गायक आइडिप प्रधानको प्रस्तुती रहने छ । कार्यक्रम जनवरी २७ तारिक रिभरभ्यु २८ तारिक बाख्री ८ बातु चोक र २९ तारिक ग्रीसिकमा आयोजना हुने ईश्वर खत्री ले जानकारी दिएका छन् ।