“मलेशिया बाटै लोक दोहोरी गीत पिरतीको मूल्य लिएर आए गायक सुन्दर गौतम”

संगीत सरोबर डट कम – राजु बोहरा – काठमाडौँ ।अर्घाखाँची को पणेना जन्मिएका गाएक सुन्दर गौतम रोजगारिको शिलशिला हाल मलेसियामा रहँदै एक कम्पनी आफ्नो जिम्मेवारी सम्हाल्दै साङितिक यात्रा लाई बिस्तारै प्रगाढ बनाउदै छ्न्। करिब एक बर्ष यता यो क्षत्र लागेका उनले अहिले सम्म आधा दर्जन भन्दा बढी गित बजारमा ल्याइसकेका छ्न । उनको प्रदेसी को ब्यथा ,मोरिले गाएको ,डिस्को तिर धाउने ,जमना खराब छ जस्ता गित निकै चर्चित रहेका छन् । भर्खर बजार तताउदै गरेको गित ” पिरती को मुल्य ” पनि यति बेला बजार रहेको छ । उनले मलेसिया बाटै रेकर्ड अनि गितको छायांकन पनि मलेसिया बाटै गर्दै आएका छ्न । गौतम शब्द सिर्जना र लय सिर्जनाको साथमा मलेसिया बाटै आफै गाउने गरिरहेका छ्न । मलेशिया बाट उपहार म्युजिक प्रा लि को मार्केटिङ म्यानेजर को काम समेत उनले गरिरहेका छन्सु भने सुन्दर र निकै ब्यस्त गाएकको रुपमा चिनिन थालेका छन ।उनी भन्छ्न् आफू मलेसिया आएर नसोचेको सपना पूरा भएको छ । प्रस्तुत गीतमा सुन्दर गौतमलाई महिला गायनमा सृजु अधिकारीले साथ दिएकी छिन् । साथै यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ , भिडियोलाई सुजन न्यौपानेले गरेका छन् भने अभिनय किरण मगर र यमुना खड्का ( शिला ) को रहेको छ । हामी संगीत सरोबर डट कम को तर्फ बया यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकार हरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौँ ।

पिरतीको मूल्य बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।