काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतको म्युजिक भिडियोमा ऋतु बस्नेतको आगमन भएको छ । उनि अर्जुन रसाइलीको प्रस्तुतिमा रहेको “अब त मायाँ लाउँ” बोलको गीत मार्फत म्युजिक भिडियो आएकी हुन् । ऋतुले यस भन्दा पहिले अन्य गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
अबका दिनमा पनि यस्तै गीत संगीतको म्युजिक भिडियोमा खेल्ने अफर आए नछुटाउने उनले प्रतिबद्धता जनाएकी छिन् । किन कि आफ्नै पनमा रमाउनुको मजा नै फरक हुने रहेछ, ऋतु भन्छिन् ।
उनी सामाजिक सञ्जाल टिकटकबाट पनि निकै भाइरल भएकी कलाकार हुन् । हाल सम्म उनले सिरियलदेखि लिएर थुप्रै म्युजिक भिडियो खेल्ने मौका पाइसकेकी छिन् । लोकदोहोरी गीतमा भने उनको यो प्रथम आगमन हो । “अब त मायाँ लाउँ” बोलको गीतको म्युजिक भिडियोमा रश्मि मगर, बरुण तामाङ्ग र बिपुल क्षेत्रीको पनि आकर्षक अभिनय देख्न सकिन्छ ।
माथि उल्लेखित गीतलाई लय अर्जुन रसाइलीले भरेका हुन् भने शब्द भर्ने कलाकारको नाम उल्लेख गरिएको छैन । गीतमा स्वर अर्जुन रसाइली र मुना सुनुवारको सुन्न सकिन्छ । गीतको भिडियोलाई निर्देशन बरुण तामाङ्ग, र बरुण अधिकारीले गरेका हुन् भने छायांकन तथा सम्पादन बरुण अधिकारीले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com