बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइवाको स्वरमा “सपनीमा नआउ भो झस्काउन” बजारमा (भिडियो सहित)

काठमाण्डौ । नेपाली माटोलाई छातीमा राख्दै लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र आफ्नो पहिल्लो प्रस्तुति “सपनीमा नआउ भो झस्काउन” बोलको गीतलाई सार्वजनिक गरेका छन् ।

बद्रीले यस भन्दा पहिला पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । स्थायी घर नुवाकोट भएका उनले नुवाकोट जिल्लालाई नै आफ्नो सांगीतिक यात्रा मार्फत थप परिचित गराउन सफल भएका छन् ।

बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइवा द्वारा स्वरबद्ध प्रस्तुत गीतमा लय रामेश्वर भण्डारीको रहेको छ भने शब्द राजकुमार खनालले भारेका छन् । बद्रीले आफ्नो सांगीतिक प्रस्तुतिलाई बजार व्यवस्थापन गर्न बद्रि लोकमाला नामको युट्युब च्यानल पनि संचालनमा ल्याएका छन् ।

यसै च्यानल मार्फत सावजनिक भएको यस गीतको म्युजिक भिडियोमा श्रीजन पण्डित, सम्झना महत राजकुमार खनाल र सरस्वति तामाङ्गको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन उमेश कार्की यु के ले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । गायक तथा सर्जक बद्रीले पहिलेका जस्तै यस गीतलाई पनि माया गरिदिनुहुन सम्पूर्ण लोक संगीतका प्यासी मनहरुमा अनुरोध गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।