काठमाण्डौ पौष २३ – मानिस जतिनै पिंडामा रहोस्, उसलाई गीत संगीतले फुरुङ्ग पार्ने गर्दछ । यस्तै भावमा भर्खरै मात्र राम सुन्दार थामीले लोक दोहोरी गीत “गाउने बानि” सार्बजनिक गरेका छन् । गीत निकै मौलिक स्वादमा तयार भएको छ । प्रस्तुत गीतमा राम सुन्दर थामी र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । कति राम्री मायालुको चौतर्फी सफलता पछी उक्त गीत सार्बजनिक गरिएको हो । गीतलाई लय शब्द राम सुन्दर थामीले नै भरेका छन् ।
दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा अनिश रिजाल र बिमला थामीको आकर्षक अभिनय देख्न सकिन्छ । लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको यस युट्युब च्यानल मार्फत पछिल्लो समय धेरै कलाकारहरु आफ्ना सांगीतिक प्रस्तुति सार्बजनिक गर्न इच्छुक देखिन्छन् । थामीको गीतलाई पनि उच्च प्राथमिकताको साथमा दिनेशले लिएका छन् । उनको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com