ओ एस नेपाल म्युजिक अवार्ड २०८० मा ‘’मनको चाहाना” गीतबाट कुमार कार्कीको हातमा अवार्ड’

काठमाण्डौ असोज २९ – स्थायी घर रामेछाप मन्थली वडा नम्बर २ मा भएका लोक दोहोरी गायक तथा सर्जक एवं व्यवसायी कुमार कार्कीले केहि दिन अगाडी मात्र सम्पन्न भएको ओ एस नेपाल म्युजिक अवार्ड २०८० बाट ‘’मनको चाहाना” गीत मार्फत लोक दोहोरी गायक बिधाको (जुरी अवार्ड ) प्राप्त गर्न सफल भएका छन् । भाग्यमा भन्दा पनि कर्ममा बिश्वास गर्ने उनले अहिले सम्म दर्जनौं गीत संगीतमा काम गरिसकेका छन् । घर त मेरो रामेछाप जिल्ला, पिरती अन्धो रैछ, मिठो मिठो बोलीले जुनतारा झार्दियौ, शिरशिर बतासैले भेटौ सनिबार लगायत गीतहरु कुमारको सफल गीत हुन् ।

ओ एस नेपाल म्युजिक अवार्ड २०८० बाट ‘’मनको चाहाना” गीत मार्फत लोक दोहोरी गायक बिधाको (जुरी अवार्ड ) प्राप्त गरेपछि कुमारले आफुलाई जन्मदिने बुबाआमा प्रति पहिलो सम्झना गर्दै सम्पूर्ण दर्शक तथा श्रोताहरुलाई पनि आफुलाई यो स्थानमा पुर्याउन सहयोग गरिदिनु भएकोमा धन्याबाद व्यक्त गरेका छन् । उक्त अवार्डको बिशेष कार्यक्रममा लोकप्रिय वरिष्ट संचारकर्मी दिनेश डीसी र सर्बेन्द्र खनालको हातबाट अवार्ड प्राप्त गर्दा उनि खुसीले गद्गद् थिए । सोहि खुसीको क्षेणमा कुमारले म यो गीतको प्रतिनिधि पात्र मात्र हुँ थप यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरु समक्ष पनि खुसि बाढ्न चाहन्छु भन्ने किसिमका भनाई राखेका थिए ।