काठमाण्डौ । बरिस्ठ गीतकार आनन्द अधिकारीको शब्दरचना र संगीतकार शिखर सन्तोषको संगीतमा ‘बिन्दास’ गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक विश्व नेपाली र गायिका प्रीती तिवारीको सुमुधर स्वरमा सजिएको गीतमा शिबम रसाइलीको एरेन्ज रहेको छ । ‘बिन्दास’ गीतको भिडियोलाइ म्युजिक नेपालको अफिसियल युट्युब च्यानल र डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो।
उत्सव दाहालको क्यामेरा , बिकाश दाहालको सम्पादन गरेको गीतलाई आनन्द अधिकारीले निर्माण गरेका हुन् । नेपाली सुगम गीत र गजलमा बेग्लै पहिचान बनाएका लोकप्रिय गायक विश्व नेपालीका दर्जनौ गीतहरु दर्शकले अत्याधिक मन पराइसकेका छ्न ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com