काठमान्डौ असोज १२ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति द्वारा आयोजित राष्टिय लोक दोहोरी अवार्ड २०८० को बिशेष समारोहमा बहुप्रतिभावन कलाकार रामकुमार नेपालीले मान्छे एक प्रतिभा अनेक, शिर्षकबाट सम्मान प्राप्त गरेका छन् । उनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय चाबहिल समितिका अध्यक्ष समेत हुन् । बुबा लक्ष्मण नेपाली र आमा चिना नेपालीको कोखबाट रामेछाप जिल्लाको मन्थलीमा जन्मिएर हाल काठमाण्डौलाई आफ्नो सांगीतिक कर्मथलोको रुपमा लिंदै आगाडी बढिरहेका नेपालीले सङ्गीत बिषयमा ललितकला क्याम्पसबाट स्नातक गरेका छन् । रामकुमार भाग्य छ भन्दैमा ढोकोमा दुध दोएर अट्दैन भन्ने उखानलाई शिरोपर गर्छन् । उनि भन्छन् कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न समर्पण चाहिन्छ ।
२०६२ सालबाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका रामकुमारले हाल सम्म करिब ६ सय भन्दा बढी गीत सङ्गीतमा आफ्नो कर्णप्रिय स्वर भरिसकेका छन् । केहि रियालिटी शो मा श्रोता तथा दर्शकहरुले अपेक्षा राखेअनुसार सफलता प्राप्त गर्न नसके पनि उनि भन्छन्, हार नै जितको प्रतिक हो । यात्राका क्रममा लागेका ठेसले सहि मार्ग पहिल्याउन सहज भएको छ । रामकुमार नेपाली २०५८ सालमा क्षेत्रीय लोकदोहोरी प्रतियोगितामा विजयी बन्न सफल भएका थिए । जसको कारण पनि उनलाई नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा औपचारिकता दिन सहज भएको छ ।
हिंड्ने मान्छे लड्छ तर त्यहि लडेको ठाउँ बाट नै जुरुक्क उठेर उनले आफ्नो यात्रा अगाडी बढाई नै रहे । फलस्वरूप २०६२ सालमा लोक गीत विजयता, २०६६ सालमा रामेछाप लोकतारा, २०७५ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान द्वारा आयोजित एकल लोक गीत प्रतियोगितामा पनि बिजयी हाँसिल गर्न सफल भैसकेका छन् । २०७५ सालमा लोक गीत तर्फ रेडियो नेपालमा स्वर परिक्षा पास गरिसके पछी रामकुमारले, २०७५ सालमै इमेज लोक कलाकार सिजन दुईको उपाधि समेत हात पार्न सफल भए । साथै २०७६ सालमा आयोजित आई एम ई लोकस्टार सिजन अफ द इयर पर्फमर विजयता, २०८० सालमा नुर गङ्गा प्रतिभा पुरस्कार प्राप्त गर्नु पनि उनका लागी जिबनमा अविस्मरणीय क्षेण हुन पुग्यो । रामकुमार २०७७ सालमा कान्तिपुर टेलिभिजन द्वारा सन्चालित खेलौं जुहारी कार्यक्रमका सन्चालक समेत थिए । सांगीतिक यात्रा कै सिलशिलामा उनि भारतका विभिन्न स्थानमा पुग्नुका साथै दुबई समेत पुगेका छन् ।
पछिल्लो समय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति द्वारा आयोजित राष्टिय लोक दोहोरी अवार्ड २०८० को बिशेष समारोहमा मान्छे एक प्रतिभा अनेक, शिर्षकबाट सम्मान ग्रहण गरेपश्चात रामकुमारले आफ्ना आमा, बाबा आफन्त, सुभचिन्तक, सहयात्री साथीहरु र भगवानरुपी दर्शक श्रोताहरुलाई सम्झिएका छन् । उनले यस सम्मान बाट अझै आगामी दिनमा नेपाली मौलिक संस्कृतिको संरक्षणका निमित्त उर्जासिल भएर लाग्न प्रेरणा मिलेको बताएका छन् ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com