काठमाण्डौ अशोज २ – पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतको उचाई ह्वात्तै बढेको छ । यसको कारण भनेको संचार माध्यमलाई बुझेर पनि हुन सक्दछ । कलाकारहरुले हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ । यसै क्रममा पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल तोरन बस्नेत र गायिका टिका सानुको सुमधुर स्वरमा “भिषा हातमा” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ ।
उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै आएका नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका गायक तथा सर्जक अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक अशिमको धारणा रहेको छ ।
तोरन बस्नेत र कृष्ण राई बिन्दाश को मन छुने शब्द सृजनामा तयार भएको गीतमा केशर लामा कोलय रहेको छ भने संगीत संयोजन राम कृष्ण थापा को रहेको छ । “भिषा हातमा” बोलको गीतको म्युजिक भिडियोमा अभिनय बिनोद सुनार, एलिसा विश्वकर्मा र टेक रिल्डि घलेले गरेका छन् । उक्त गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठ तथा सम्पादन कल्पेश विश्वकर्माले छन् । यस गीतको छायाँकन सुनिल भण्डारीले गरेका हुन् । गीतको अडियो तथा भिडियोलाई Ashim Kumar Katuwal युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com