राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा संस्थागत चेलीबेटी भेटघाट तथा दर खाने कार्यक्रम भव्य रुपमा सम्पन्न’

काठमाण्डौ भाद्र २५ – राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा संस्थागत चेलीबेटी भेटघाट तथा दर खाने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम संघ कि प्रथम उपाध्यक्ष उमा श्रेष्ठको संयोजगत्वमा सम्पन्न भएको हो । चेलीबेटी भेटघाट तथा दर खाने कार्यक्रम २०८० को यो बिशेष कार्यक्रममा, नेपाली सिने तथा कलाकारिता जगतकी वरिष्ठ कलाकार बसुन्धारा भुसालको प्रमुख आथित्यता रहेको थियो ।
बालाजु स्थित क्वालिटी काफेमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवाल, निवर्तमान केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की, लगाएत केन्द्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरु, केन्द्रिय संस्थापकहरु पुर्व केन्द्रिय पदाधिकारी तथा सदस्यहरु बागमती प्रदेश कार्य समितिका अध्यक्ष दावा फिन्जो तामाङ्ग, लगाएत बागमती प्रदेशका पदाधिकारी तथा सदस्यहरु उपत्यका सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु बागमती प्रदेशका निवर्तमान महासचिव मान बहादुर तामाङ लगाएत अन्य पूर्व पदाधिकारी तथा सदस्यहरु विभिन्न जिल्लाका अध्यक्षहरु एबम पदाधिकारीहरु तथा सदस्यहरु पूर्व जिल्लाका पदाधिकारी तथा सदस्यहरु उपस्थिति रहेको थियो ।  चर्चित लोक तथा दोहोरी गायक एबम इन्द्रेणीका संचालक कृष्ण कँडेल सञ्चारकर्मीहरु चन्द्रमणि गौतम, राजु बोहरा, शिवराम भण्डारी, लगाएतका अन्य सञ्चारकर्मीहरुले समेत आफ्नो उपस्थिति जनाएर कार्यक्रमको सोभा बढाएका थिए ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक एवम गायिकाहरु संस्थाका आजीवन सदस्यहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संस्थालाई माया गर्ने समाजसेवीहरु अन्य संस्थामा आबद्द कलाकर्मीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव अमृत खाती र स्वागत मन्तब्य राष्ट्रिय संगीतकर्मी संघकी केन्द्रिय सह सचिव आशा लामा ज्ञानमालाले गरेकी थिइन् । लोक तथा दोहोरी गायकहरु सरोज लामिछाने, माधव भण्डारी,, भीमसेन खतिवडा सूर्यमणि आर्चाय नकुल गौतम, त्यसैगरी चर्चित लोक तथा दोहोरी गायिकाहरु श्रीदेवी देवकोटा, भावना आर्चाय, आशा लामा ज्ञानमाला, मञ्जु गौतम लगायत धेरै कलाकर्मीहरुको आफ्नो गायन प्रस्तुत गरेर राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा आयोजित संस्थागत चेलीबेटी भेटघाट तथा दर खाने कार्यक्रमलाई थप मनमोहक बनाएका थिए । कार्यक्रममा देउडा प्रस्तुति समेत समाबेस थियो ।
No description available.