काठमान्डौ भाद्र १९ – नुवाकोटे युवा लोक तथा दोहोरी गायक एवं सर्जक दिनेश श्रेष्ठ भर्खरै सम्पन्न डाइमान्ड म्युजिक अवार्ड २०८० मा “लाईदिम मया” बोलको गीत बाट अवार्ड प्राप्त गर्न सफल भएका छन् । उनले खुसि हुँदै धेरै गीत संगीतमा काम गरेता पनि पहिलो पटक यो अवार्ड प्राप्त गर्न पाउँदा आयोजकलाई धन्याबाद दिएका छन् । दिनेश हाल प्रबाशमा रहेका छन् । त्यहाँ रहेर पनि उनि द्वारा फरक-फरक स्वादका गीत संगीतहरु सार्बजनिक भैरहेको छ । अहिले सम्म दिनेशले दर्जनौं गीत संगीतमा काम गरिसकेका छन् ।
बाध्यताले उनि विदेश पुगेता पनि नेपालमा पहिलेको भन्दा बढी दिनेशको सिर्जनाहरु रेकर्ड हुने गरेको छ । यस अवार्डलाई ग्रहण गरेपछि उनले आफ्ना सम्पूर्ण श्रोता एवं दर्शकहरुलाई पनि सम्झिएका छन् । दिनेशले “लाईदिम मया” बोलको गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई पनि सम्झना सहित यो अवार्ड मैले जितेको होइन हामि सम्पूर्णको हो भनेका छन् ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com