बद्रि लोक माला र अभय आनन्द आश्रमले संयुक्त रुपमा गर्यो लाख दिप प्रज्वलन’

काठमाण्डौ भाद्र ६ – स्थायी घर नुवाकोट भएका र हाल काठमाण्डौमा रहेर नेपाली गीत संगीतको संरक्षणका लागी बद्रि लोक माला युट्युब च्यानल संचलान गरिरहेका बद्रि प्रसाद सिटौलाले हिजो भाद्र ५ गते सोमबार एक बृहत धार्मिक अनुष्ठानका बीच दक्षिणकाली नगरपालिका वडा नम्बर ९ खार्पाचोक पुगेर दिप प्रज्वलन गरेका छन् । उक्त लाख दिप प्रज्वलन बद्रि लोक माला र अभय आनन्द आश्रमले संयुक्त रुपमा गरेको हो ।

दक्षिणकाली ९ खार्पाचोकमा अवस्थित आश्रममा भएको दिप प्रज्वलनमा नुवाकोट स्थायी ठेगाना भई हाल काठमाण्डौमा रहेका भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा अभय आनन्द प्रवचन, बिष्णु गिरीको समुहले खैजडी भजन, गायिका गीता देबि र आर्यन बिरहीले धार्मिक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा मूल आयोजक लोक तथा दोहोरी गायक बद्रि प्रसाद सिटौलाको प्रस्तुति समेत रहेको थियो ।

कार्यक्रममा नुवाकोट पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष माधब सिटौला, गायक सुदर्शन अधिकारी, मिलन फिल्म्सका प्रमुख मिलन श्रेष्ठ, गायक रामेश्वर भण्डारी, टोखा नगरपालिका वडा नम्बर १ झोरका युवा नेता किश्वर अधिकारी लगायत अन्य कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।