धन सम्पतिका लागी तँछाड मछाड गर्नेहरु प्रति उमेश ठगुन्नाको “जिन्दगि के छ र” (भिडियो सहित)

काठमाण्डौ जेष्ठ १२ – नेपाली लोक तथा दोहोरी गीत संगीतका हस्ती द्वय उमेश ठगुन्ना र जे बि ओलीको सहकार्यमा भर्खरै मात्र उमेश ठगुन्नाको प्रस्तुतिमा लोक लोक गीत “जिन्दगि के छ र” सार्बजनिक भएको छ । सामाजिक यथार्थतालाई चित्र गरेर तयार पारिएको गीतलाई लय शब्द उमेश ठगुन्नाले भरेका हुन् भने स्वर जे बि ओलीको रहेको छ । गीतमा बाँचुन्जेल तेरो र मेरो अनि धन सम्पतिका लागी  अन्यकौं  पिर चिन्ता लिनेहरुका लागी सकारात्मक संदेश प्रबाह गर्न गहकिलो भाव समाबेस गरिएको छ ।

गायक तथा सर्जक उमेशले यस भन्दा पहिले पनि थुप्रै सामाजिक यथार्थपरक भाकाहरु सार्बजनिक गरिसकेका छन् । उनि क्षेणिक चर्चाका लागी भन्दा पनि जिबन्त रहने गीत संगीतमा आफ्नो कला प्रस्तुत गर्ने गर्दाछन् । यस पटकको ठगुन्नाको गीत “जिन्दगि के छ र” को म्युजिक भिडियोमा उनि आफै देखिएका छन् । गीतलाई सुहाउँदिलो उनको अभिनयलाई निर्देशक सागर ओलीले थप आकर्षक बनाएका छन् । यस गीतको म्युजिक भिडियोलाई छायांकन कृष्ण जी एम र मनिष जी एम ले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । भिडियो जे बि ओली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।