कुमार रनपहेलीले ल्याए ‘खाली छ दिल’ (भिडियो सहित)

काठमाडौं । गायक कुमार रनपहेलीले ‘खाली छ दिल’ नामक गीतको भिडियो बजारमा ल्याएका छन् । गायक रनपहेलीको आफ्नै एकल आवाज रहेको गीतमा उनकै शब्द रचना र संगीत रहेको छ । गीतको भिडियो बुधबार ‘पहेली म्युजिक’ युट्युब च्यानलमार्फत बजारमा आएको हो ।

थ्री एस स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा महाराज थापाले संगीत संयोजन गरेका हुन् । सुमित तामाङले निर्देशन गरेको गीतको भिडियोमा अजय तामाङको छायांकन रहेको छ । उक्त भिडियोमा कुमार रनपहेली आफैं, निशा तामाङ लगायत कलाकारहरुले अभिनय गरेका छन् । साथै, भिडियोमा सुरेश तामाङले कोरियोग्राफर गरेका हुन् । गीतको शब्दमा माया प्रेमका भाव प्रकट गरिएको गायक रनपहेलीले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।