प्रथम उपराष्ट्रपति प्रमानन्द झाको हातबाट कलाकार उमेश ठगुन्ना सम्मानित’

काठमाण्डौ बैशाख ११ – गायन होस्, शब्द लेखन अथवा लय सिर्जना गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन मस्तिष्कमा बास बस्न सफल कलाकार उमेश ठगुन्ना सम्मानित भएका छन् । उनले गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको हातबाट सम्मान पत्र ग्रहण गरेका हुन् । गत शुक्रबारको दिन काठमाण्डौको राष्ट्रीय नाचघरमा फोकस नेपालले आयोजना गरेको एक बिशेष कार्यक्रममा ठगुन्नालाई लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई योगदान दिएबापतको मुल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

उनि निकै लामो समय देखि अत्यन्त निष्ठा र समर्पणका साथ नेपाली लोक संगीतको क्षेत्रमा रही बरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जकका रुपमा निरन्तर सक्रिय रहँदै आएका छन् । विभिन्न संस्थाको नेतृत्व गरिसकेका ठगुन्ना राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न सांगीतिक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास, कला संस्कृति क्षेत्रको विकास र सामाजिक क्षेत्रमा अग्रसर रहेका छन् । गायक तथा सर्जक उमेशले यस सम्मान बाट आफुलाई थप नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा शसक्तता दिन उर्जा मिलेको बताएका छन् ।