” पृथ्वी हाम्रो घर”-जवाहर लाल खरेल

पृथ्वी नामको ग्रह नै हो , ब्रह्माण्डमा एक ,
बिबिधता ले भरिपुर्ण , कला सुसंस्कृत !!
पृथ्वी सबै घर हाम्रो , नछुट्याउ देश ,
प्रानी मात्रको शाझा थलो , नलिउ केही क्लेस !!
प्रकृतिको बरदान हो , भेदभाव उस्को छैन ,
टुक्राटुक्रा नपारौं है , बनाएर ऐन !!
धर्ती माता शाझा ठानि , सेवा गरौं मनले ,
खालि ठाउँ नराखौं है , बरु ढाकोस बनले !!
सफा सुन्दर बनाउनुछ , आफ्नै आमा ठानि ,
संस्कारको गरौ बिकाश, आफ्नो आनि बानि !!
धरणिलाइ मायां गरे ,शन्तान सुखि होलान ,
नत्र आउने पिणिकाले , शरा पदै रोलान !!
सकिन्छ त संसारकै, गरौं हुने भलो ,
नसकेत सफा राखौं आफ्नै थात थलो !!

२०७५/५/३१ गते प्रातको ३बजे,
जवाहर लाल खरेल