शम्भु नेपालको लय शब्द, कुमार र कोपिलाको स्वरमा आयो “बोलि मिठो”

काठमाण्डौ । लोक दोहोरी क्षेत्रको उत्थानका निमित्त कुमार चौलागाईंले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “बोलि मिठो” बोलको गीत लिएर आएका छन् । उनले यस भन्दा पहिले “कानुन छैन” बोलको गीत ल्याएका थिए । सिङ्गो सांगीतिक क्षेत्रको व्यवसायिकता नहुँदा पनि अशंख्य श्रोता तथा दर्शकहरुको अथाह मायाँले आफुले निरन्तरता दिएको कुमार बताउँछन् ।

उनको यस गीतमा कुमार चौलागाईं र कोपिला तामाङ्ग वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सृजना शम्भु नेपालले भरेका छन् । शम्भुले यस भन्दा पहिले धेरै गीतहरुमा शब्द भरेका थिए । उनको लयले सजिएको गीत भने थोरै मात्र सुन्न पाइन्छ । त्यसैले सर्जक शम्भुका लागि यो गीत चुनौती पनि हो ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा लोमस शर्मा र निहारिका थापाको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी अमोन राना, छायांकान सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । गीतको भिडियोलाई मिलन फिल्म्स प्रडक्सन् युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्ना यहाँ क्लिक गर्नु होला