काठमाण्डौ । नुवाकोट जिल्ला जन्मथलो भएका कलाकार सुरेश बाग्दाशले आफ्नो पहिलो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “के छ खबर” भर्खरै सार्बजनिक गरेका छन् । उनको यस भन्दा पहिले नै सांगीतिक यात्रा अगाडी बढाएता पनि यसै गीतलाई नै आफ्नो औपचारिक सांगीतिक प्रस्तुति मानेका छन् ।
कुनै पनि लोक दोहोरी बजारमा ल्याउँदा आफ्नो मौलिकता भुल्न नहुने सुरेश बताउँछन् । उनले यस्तै मौलिक पेरिफेरीमा “के छ खबर” बोलको गीत सार्बजनिक गरेका हुन् । उनले यस गीतलाई लय तथा संगीत संयोजन नारायण दङ्गालले भरेका हुन् भने शब्द दिनेश श्रेष्ठको रहेको छ ।
गीतमा सुरेश बाग्दाश र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । थप श्रोता तथा दर्शकहरुको मन जित्न यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा संचिता बोलाखे, चेत बुढाथोकी, नारायण दंगाल, मिलन सेवा, अरुण परियार र डबल जङ्ग नेपाल लगायत अभिनय देख्न सकिन्छ ।
चेत बुढाथोकीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई छायांकन सन्तोष तिमल्सिना र सम्पादन चेत बुढाथोकीले नै गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com