काठमाण्डौ मंगसिर २९ – गायिका रमला पाख्रिन तामाङको “साइकोले” बोलको गीतको अडियो तथा भिडियो सार्बजनिक भएको छ । उनले २०७२ बैसाख १२ को कालो दिनको सम्झना गर्दै उक्त गित सार्बजनिक गरेकी हुन् । रमलाले यस गीत मार्फत २०७२ साल बैसाख १२ गतेका दिन गोर्खाको बारपाक इपि सेन्टर पारेर गएको ७.८ म्याग्निच्युड को महाभूकम्पमा परि ८९६४ जनाको ज्यान गएको र २१९५२ जना भन्दा बढी घाइते भएको थियो भने हजारौ घरहरु भत्किएर मानिसहरु घरबार बिहिन भएका र आफन्तहरु सग अनाहकमा छुट्टिनु पर्दाको कथाहरु समेटिएको बताइन् ।
भूकम्पले नेपालका विभिन्न ठाउमा धेरै क्षति पुर्याए पश्चात नुवाकोट, धादिङ र रसुवामा रहेका तामाङ्ग बस्तिहरुमा गएर सांगीतिक प्रस्तुती द्वारा पिडित हरुलाई शान्त्वना दिदै मनोबल बढाउने कार्यको लागि रमला पाख्रिन र म्हेंदोमाया कलाकार संघ बिभिन्न ठाउहरुमा पुगेको थियो । उनीहरुले विभिन्न बिध्यलायहरुमा पुगी पुननिर्माणको लागि पनि सहयोग गर्दै सांगीतिक कार्यक्रमहरु गरि बिद्यार्थिहरुलाई राहत पनि प्रदान गरेको थियो ।
यसरी राहत र पुननिर्माणमा जुटिरहेको बेला देखेका कथाहरुलाइ यस गीतमा समाबेश गरिएको कुरा ब्यक्त गर्दछन् यस गीतका शब्द/संगीतकार यु. बी. मोङ्ग्रेसा । रमला पाख्रिनको जादुमयी स्वरमा म्हेंदोमाया भाका असाध्यै मिठो सुनिन्छ त्यसैले उनको स्वर र उनलाई नचिन्ने यो भेगमा बिरलै होलान । तर यस पटक भूकम्पको पिडालाई उनले “साइकोले” मार्फत बताउन खोजेकी छिन् । राहत प्रदानको बेला देखेका दृश्यले उनलाई मन थाम्न गार्हो भएको थियो । त्यसैले उनलाई उक्त गीतको रेकर्ड गर्दा को समय मन थाम्न गाह्रो भएको थियो । भूकम्पको बेला धेरै गित हरु बने हामीले पनि हाम्रो मौलिक भाषा र मौलिक भाकामा आफ्नो पिंडा पोख्ने प्रयास गरेका छौं । आशा छ साइकोले मेरा भगवान रुपी दर्शकहरु म संगै रुनु हुनेछ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com