काठमाण्डौ असोज १३ – नेपाली गीत संगीतको क्षेत्रमा दिनप्रतिदिन नव कलाकारहरुको उदयमान भैरहेको छ । यस भित्र धेरै आफ्नो गोजी दरिलो भएका कारण रहरमा प्रवेश गरेका छन् भने थोरै यस क्षेत्रको गहिराही बुझेर प्रवेश गरेका छन् । यहि भिडमा संगीतको क्षेत्रलाई राम्ररी बुझेर आफ्ना सांगीतिक यात्रालाई जीवन्तता दिन कमल शर्मा र राजकुमार शाहशंकर पनि आएका छन् । उनीहरु द्वयको सहकार्यमा पछिल्लो प्रस्तुति ‘ए रमा नाचन नाचन” अहिले सार्बजनिक भैसकेको छ । राजकुमारले यस भन्दा पहिले केहि गीत सार्बजनिक गरिसकेका छन् भने कमलको यो पहिलो प्रस्तुति हो । अबका दिनमा उनीहरु द्वयले आफ्ना सहकार्यलाई निरन्तरता दिने प्रण गरेका छन् ।
माथि उल्लेखित गीतमा स्वर शब्द र संगीत कमल शर्मा र राजकुमार शाहशंकरको नै रहेको छ । अहिले कुनै पनि गीतहरु बजारमा ल्याइसके पछी भिडियो अपरिहार्य छ । तर कुनै कुनै गीतको म्युजिक भिडियोको नाममा आँखामा छारो हाल्ने किसिमका मात्रै निर्माण भैरहेका छन् । कमलको यो प्रस्तुतिको म्युजिक भिडियो भने निकै मेहनतका साथमा निर्माण गरिएको छ ।
‘ए रमा नाचन नाचन” बोलको गीतको म्युजिक भिडियोमा बिना राउत, सरोज प्रजा, कमल शर्मा अनि राजकुमार शाह शंकरको आकर्षक अभिनय देख्न सकिन्छ । कमल शर्मा नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियोलाई निर्देशन सुरेन्द्र बसेलले गरेका हुन् भने छायांकन दिनेश पराजुली र सम्पादन राकेश दाहालले गरेका छन् । प्रतिभावान कलाकार द्वय कमल र राजकुमारले अशंख्य श्रोता तथा दर्शकहरु बाट यस गीतको लागी मायाँ पाउने बिश्वास व्यक्त गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com